फाल्गुन ०२ गते सोमवारको हेर्नुस् राशिफल सेयर गरी पशुपतिनाथको दर्शन गरौ

वि.सं. २०७८ फाल्गुन ०२ गते सोमवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, चन्द्रोदय : दिउँसो ०३:५३ बजे र चन्द्रास्त : भोलि बिहान ०४:२० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, माघ शुक्लपक्षको त्रयोदशी तिथि, बेलुका ०८:१४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, पुनर्वसु नक्षत्र, दिउँसो ११:५६ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बेलुका ०९:४६ बजेसम्म, त्यसपछि सौभाग्य योग, सुरुमा कौलव करण बिहान ०७:२७ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०८:१४ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण (बेलुका ०८:१४ बजेसम्म), त्यसपछि पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०६:३९ सम्म, त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), सौभाग्य सूर्पदान, कल्पादि, माघ स्नानमा विघ्न भएको छ भने आजदेखि ३ दिन स्नान गरेमा पूरा फल पाइने, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), गृहवास्तु जुरेको दिन, द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, कलशचक्र (द्रष्टव्य : मृत्युवाण विचार गरी कार्य गर्ने)

 

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०३ गते : श्री पशुपतिनाथको छाया दर्शन, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), गृहवास्तु जुरेको दिन, कलशचक्र, ०४ गते : श्री पूर्णिमा व्रत, श्री स्वस्थानी व्रतको समापन, माघ स्नान, व्रत, यमनियमादिको समाप्ति, माघ यात्रा, झापा किचकबधमा मेला, सिपुह्नि (नेवारी पर्व), मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन) (द्रष्टव्य : भद्रा विचार गरी कार्य गर्ने), ०५ गते : मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त)

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ । घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले तथा बेलुका छिट्टै घर पुग्नाले केही फाइदा हुनसक्छ । परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन् नरमाइलो लाग्नसक्छ । आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सहकर्मी साथी, अनुयायी वा भाइबहिनीको सहयोग जुटाएर कुनै ठूलै काम बनाउन सकिने समय छ । हाकिम वा वरिष्ठको सहानुभूतिसमेत प्राप्त हुनेछ । कुनै विशेष काममा साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिनेछ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय हुन सकिन्छ । व्यस्तताका बाबजुद थप आम्दानी हुने समय हो । घरपरिवारबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने राम्रो दिन छ । माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध/सम्पर्क बढ्ने तथा सरसहयोग लिन/दिन सकिने समय हो । आजको भाग्यबल ७५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । आत्मविश्वासको सिर्जना हुनेछ, सानो प्रयासले पछिसम्म फाइदा हुने काम सम्पन्न हुनेछ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । प्रसन्नताका साथमा नियमित काममा सक्रिय भइने छ, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने दिन हो । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । विपरीत परिस्थितिलाई समेत मोड्न सकिने राम्रो दिन छ । हरेक प्रयासमा सफलता मिल्नेछ । भौतिक उन्नति र सुखसुविधाका सामाग्री किन्न धनखर्च हुनेछ । भाग्यले साथ दिनेछ । कार्यस्थल र घरपरिवारमा समेत खुसी छाउने समय हो । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाति हुन्छ । पढाइमा होइन, ध्यान अन्तै केन्द्रित हुनसक्छ । मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्ने दिन हो, तर दिक्कलाग्दो समय भएकाले निष्ठापूर्वक काम गर्न सकिंदैन । आजको भाग्यबल २० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज गरेको परिश्रम र अध्ययनप्रतिको समर्पण भावले तपाईंको भावी जीवन र भविष्य निर्धारण हुने लक्षण छ । व्यक्तित्व विकासको प्रयास सफल हुनेछ । आज सञ्चित रकम जग्गाजमिन वा कुनै स्थिर सम्पत्तिको प्रयोजनमा खर्च गर्ने समय हो । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुन महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेलले उत्पादनमा बृद्धि हुनसक्छ । हिसाबकिताव र कागजपत्र क्लियर राख्नुहोला, नत्र कुनै समस्या देखापर्न सक्छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्ने तथा सहानुभूति प्राप्त गर्न सकिने छ । आज जोसुकै पाको व्यक्तिलाई गरेको सहयोगले भाग्यबृद्धि हुने समय हो । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कार्यालयको कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, वैवाहिक जीवनमा रूपान्तरित हुन योजना बनाउने समय हो । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

गोप्य विषयवस्तु साझेदारी गर्नु ठीक हुँदैन, नत्र यसले दूरगामी भविष्यमा नकारात्मक असर पर्नसक्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । काममा दिलचस्पी देखिंदैन, बरु दूरगामी भविष्यको चिन्तनमा समय बिताउन सक्नुहुन्छ । तर पनि अचानक नसोचेको धन प्राप्त हुनसक्छ । आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ, तर याद गर्नुस्, आजको मिहिनेतको परिणाम स्मरणीय हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ । नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति देखिन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । आजको भाग्यबल ९० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहर्त्रे भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बुद्धि र विवेकको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । कामबाट फुर्सद निकालेर सङ्केत र हाउभाउको प्रयोग गरी कतै घुमघाम वा किनमेलमा जाने अनुकूलता मिल्नेछ । चिन्तन र दृष्टिकोणलाई सही ढंगले प्रस्तुत गरेमा कार्यक्षेत्रमा सम्मान बटुल्न सकिने छ । शिक्षादीक्षामा संलग्न व्यक्तिले विशेष लाभ पाउनसक्छन् । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार