एमसीसी विरुद्धको रिट सर्वोच्चले गर्यो यस्तो सङ्केत

१० फागुन, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

 

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको बताए ।

 

एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो । onlinekhabar.com बाट

सम्बन्धित समाचार