ज्येष्ठ १० गते मङ्गलवारको हेर्नुस् राशिफल सेयर गरी पाथीभरा माताको दर्शन गरौ

वायु प्रधुशन
nepalijanatakhaba

वि.सं. २०७९ ज्येष्ठ १० गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मई २४ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (वछलागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०७ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे, चन्द्रास्त : दिउँसो १२:५२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:२४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, ज्येष्ठ कृष्णपक्षको नवमी तिथि, दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि दशमी तिथि, पूर्वाभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा, बेलुका ०८:२९ बजेसम्म, त्यसपछि मीन राशिमा, वैधृति योग, बिहान ०५:२७ बजेसम्म, त्यसपछि विष्कुम्भ योग भोलि बिहान ०३:३३ बजेसम्म, अन्तिममा प्रीति योग (योग टुटेको दिन), सुरुमा गर करण दिउँसो ०२:५३ बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपछि ०२:२१ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, आनन्दादि योग : काण, चन्द्रवणर् : कालो (बेलुका ०८:२९ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (बेलुका ०८:२९ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (दिउँसो ०२:५३ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : साँझ ०६:४५ पछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), कलशचक्र एवं हलचक्र र फणिचक्र जुरेको दिन

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- ११ गते : मुहूर्त : अन्नप्राशन (पास्नी), शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र (द्रष्टव्य : मृत्युवाण र भद्रा विचार गरी कार्य गर्ने). १२ गते : अपरा एकादशी व्रत, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), गृह प्रवेश, वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, द्वारचक्र, कलशचक्र, १३ गते : श्री शुक्र प्रदोष व्रत (दाम्पत्यसुख, प्रेमजीवन र सुखसम्मृद्धिका लागि), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), वस्त्राभरण, द्रव्यप्रयोग, द्वारचक्र, पुराण श्रवण, कलशचक्र

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नियमित कारोबारमा राम्रै हुन्छ, अझ कुनै नयाँ व्यापारमा आकर्षण छ भने व्यवसायमा लगानी बढाउनुहोस् आम्दानीको स्रोतमा बृद्धि गर्न सक्नुहुन्छ । आफन्त वा बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूणर् उपलब्धिसमेत प्राप्त हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

समाजसेवा र राजनीति गर्नेले मानसम्मान पाउनेछन् । सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, आत्मविश्वास र दृढतामा बृद्धि हुने दिन हो । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । केही समय आफ्नो व्यक्तिगत प्रयोजनमा छुट्याउनुपर्ने हुन्छ, तर कार्यक्षेत्रमा व्यस्त रहँदा आन्तरिक सम्बन्धमा फाटो बढ्नसक्छ, होस राख्नुपर्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण आम्दानीमा कमी आउने छैन । सामाजिक र परोपकारी काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । आजको भाग्यबल ३० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाचस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । स्वास्थ्यमा कमजोरी र शरीरमा आलस्य जाग्नाले कारोबार प्रभावित हुने समय छ, अरूको करकापमा परेर काम गर्नुपर्ने परिस्थितिसमेत देखिन्छ । नकारात्मक र हीनभावको उदय हुनेछ, सकेसम्म सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्नु होला । तर पनि दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । आजको भाग्यबल १० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

लामो समयपछि कतै एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । काममा दिलचस्पी देखिंदैन, बरु दूरगामी भविष्यको चिन्तनमा समय बिताउन सक्नुहुन्छ । तर पनि अचानक नसोचेको धन प्राप्त हुनसक्छ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा केही समय खर्च हुनसक्छ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मूलतः मनोरञ्जन र मस्तीमा केन्द्रित भइने छ । कार्यक्षेत्रमा पनि राम्रै लगनशीलता देखिने छ । सबैको प्रशंसा बटुलेर मन फुरुङ्ग हुने दिन हो । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । घरको वातावरण सुख-शान्तिले भरिपूणर् रहनेछ । पतिपत्नीबीच उचित समन्वय कायम हुन्छ, तर दाम्पत्य सम्बन्धमा एकअर्काको भावनाको कदर गर्नु जरुरी देखिन्छ । आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ । जस्तै चुनौतीपूणर् काम भए पनि सफल भइने दिन हो । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ । आजको भाग्यबल ३५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

भैपरी आउने व्यवहारिक खर्चले चिन्ता बढाउने दिन हो, सरसापटी वा कर्जामार्फत अतिरिक्त धन र आवश्यकताका वस्तु जुटाउन सकिने छ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्ने समय छ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणदायक बन्नसक्छ । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भ्रामरीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पारिवारिक जीवन सुखद रहनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ । साथीभाइ र सहकर्मीहरूका माझमा सहयोग आदान/प्रदान हुनसक्छ । लामो समयदेखि मनमा जरो गाडेर बसेको कुनै चिन्ताको समाधान हुनेछ । आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

गरेको कामको सर्वत्र प्रशंसा हुनेछ । सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । अचानक आम्दानी हुने दिन हो । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, ससाना कुरामा पनि नोकझोक बढ्ने समय छ । सहकर्मी साथी, अनुयायी वा भाइबहिनीको सहयोग जुटाएर कुनै ठूलै काम बनाउन सकिने समय छ । हाकिम वा वरिष्ठको सहानुभूतिसमेत प्राप्त हुनेछ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

जोखिमपूणर् कार्यहरू पनि सजिलै सम्पादन गर्न सकिने छ । अनुभवी व्यक्तिबाट मार्गदर्शन प्राप्त हुनेछ । अरुको अगाडि आफ्नो प्रतिभा देखाउन सकिनेछ । कुनै महत्त्वपूणर् बैठकमा सहभागी हुनुपर्ला । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । धनार्जन गर्न कुनै काम थालनी गर्ने दिन हो । आजको भाग्यबल ८५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, जोखिम र रिस्कमा कुनै काम गर्नु हुँदैन, साथै दायित्व र जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ नगर्नु होला । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

nepalijanatakhabar

समबन्धित समाचार