शुक्रबार लक्ष्मी र सन्तोषी माताको व्रत बसी पुजा गर्नुहोस,मिल्नेछन् यस्ता लाभ ! ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।
हिन्दु धर्मशास्त्र अनुसार सात बारमा हरेक दिन फरक-फरक देवी-देवताको पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार ३ किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभव लक्ष्मीको पूजा गर्छन् । शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरियो भने घरमा धनका साथै सुख लाभ हुने विश्वास गरिन्छ ।
साथै शुक्रबारमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । यो दिनमा अमिलो खानु राम्रो मानिदैन । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्