अध्यक्ष प्रचण्ड भन्छन् गठबन्धनप्रतिको लहर देखेर ओलीको सातो गयो भनेपछि….

ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन प्रतिको लहर देखेर एमालेका अध्यक्ष केपी ओलीको सातो गएको टिप्पणी गरेका छन् । ताप्लेजुङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई जनताका माझमा गएर भोट माग्ने अनुमति नभएको समेत बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिका लागि जनताले दिएको बहुमतलाई लत्याएर संसद बिगठनमार्फत संबिधान मास्ने हर्ताकर्ताको रुपमा ब्याख्या गरेका थिए। संबिधान मास्ने ओलीको हर्कत गलत भएको टिप्पणी गर्दै उनले संबिधान र बिद्यमान राजनीतिक प्रणालीको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेको पनि भनेका छन् । यस्तै प्रदेश नं १ को नाम किराँत प्रदेश राख्नुपर्ने पनि उनले तर्कगरेका  छन् ।

‘जय नेपाल,लाल सलाम भन्दै मन्तव्य सुरु गरेका उनले बिस्तृत शान्ति सम्झौताको एउटै कागजमा एका पटि काँग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइराला र अर्कोपटि आफुले सहि गरेर जय नेपाल, लाल सलाम भन्ने शब्द सम्बोधन गरेको स्मरण गर्दै दाहालले त्यहिँ बेलाबाट सुरु भएको जय नेपाल, लाल सलामको गठबन्धनले शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पु¥याउने र संबिधानको रक्षा गर्दै संबिधानको विकास र परिमार्जनतर्फ केन्द्रित हुने पनि बताए ।

 

सम्बन्धित समाचार