सशस्त्र प्रहरी जवान महेन्द्रनगरबाट परे पक्राउ माया लुहारका हत्याका आरोपी

कञ्चनपुर। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको घाँटी रेटी हत्या गरेको आरोप लागेका सशस्त्र प्रहरी जवान लाइ पक्राउ गरिएको छ ।

बैतडीकै शिवनाथ गाउँपालिका– ४ का भरतराम कोलीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो । उनलाई आज (आइतबार) बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

पोखराको दंगा तालिम व्यवस्थापन शिक्षालयमा सशस्त्र प्रहरीका रुपमा कार्यरत कोली निर्वाचनका बेला केही समय बैतडी आफ्नो गाउँ फर्केका थिए । २२ वर्षीय कोलीले प्रेमको रिसइबीमा २१ वर्षीया मायाको हत्या गरेको र मायाकी भदै नेहा लुहारलाई समेत मार्ने उद्देश्यले चक्कु प्रहार गरी घाइते बनाएको आरोप लागेको छ । महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा उनी आज पक्राउ परेका हुन् ।

प्रहरी सबै विवरण खुलाइसकेको छैन । उनीमाथि सुरुदेखि नै शंका रहेकोमा प्रहरीले सूक्ष्म निगरानी र अनुसन्धान गरिरहेको थियो । घटना बैतडीकाे भएकाले कञ्चनपुर प्रहरीले कोलीलाई पक्राउ गरी बैतडीका लागि पठाइसकेको छ । अब उनीमाथि बैतडी प्रहरीले नै थप अनुसन्धान गर्नेछ ।

 

सम्बन्धित समाचार