अन्ततः सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरे

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने युएईका लागि प्रस्थान गरेका छन्।

सन्दीपसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह दिउँसो ३ बजे दुबइका लागि प्रस्थान गरेको क्यानले जनाएको हो।

मौसमलाई २८ फेब्रुअरीमा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा काँधमा चोट लागेको क्यानले जनाएको छ।

सन्दीपलाई आइसीसीले युएई जानका लागि अनुमति दिएपछि दुबईका लागि उडेका हुन्।

सन्दीप नेट अभ्यासका क्रममा घाइते भएका श्याम(मौसम) ढकालको सट्टामा युएई जान लागेको हुन्।

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला युएईमा रहेको छ। नेपालले भोलिमात्रै घरेलु टोली युएईसँग आइसीसी एकदिवसीय विश्वकप लिग-२ खेल्दैछ।

nepalijanatakhabar

समबन्धित समाचार