मलेसियाको पुचुङ मा आन्दोलित ९० जना कामदार त्रीपक्षिय सम्मन्वयमा पुनः काम मा फर्किए। 

वायु प्रधुशन
nepalijanatakhaba

मलेसियाको पुचुङ मा रेहेको PT swift marketing कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न ।

पुरानो बानेश्वर बत्तिसपुतली स्थित Rhythm overseas बाट मलेसिया पुगेका ९० जना भन्दा बढी जनही ३ लाख ५० हजार सम्म तिरेर गएका कामदारहरु माथी रोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको बेतुप मा स्वदेश फिर्ता गरिदेने धम्की दिएको क्षमता भन्दा बडि काम लगाएको भन्दै गत सोमबार दूतावास पुगेका कामदार लाई रोजगार दाताले अभद्र व्यबहार नगरेक्क र काम मा पनि केही हद सम्म सजिलो पार्छु भन्ने मौखिक सम्झौताका आधारमा कामदार हरु काम मा फर्किएका थिए ।

पुनःरोजगार दाता कम्पनीले अभद्र व्यवहार गरेको कम्पनिले भनेको जति काम गर्न नसक्दा श्रमिकले पाउने मासिक पारिश्रमिक समेत कटाइदिने गरेको भन्दै आन्दोलित कामदार न्याय माग्दै आज राजदुतावास पुगेका थिए।

चराको चारो बनाउने उक्त कम्पनीमा पहिले जनही कार्यसमय भित्र 190 ग्राम पुर्याउनुपर्ने थियो कुनैपनी तरिकाले काम गर्दा समेत कम्पनिको टार्गेट पुर्याउन नसकिने कार्यभार दिएको भन्दै जनही कार्यसमय भित्र 130 ग्राम टार्गेट पुर्याउनुपर्ने रोजगारदाताले अभद्र व्यवहार नगर्ने सर्त सहित राजदुतावास क्वालालम्पुर को सभाहल मा राजदुतावासको रोहबरमा रोजगारदाता कम्पनी का HR , डिसियम मुदिता बज्राचार्य श्रमसंचारी ,दिलिप श्रेष्ठ ,प्रथम सचिव बलिराम प्रसाद धामी ,सचिव प्रेम बहादुर बुढा ,पब्लिक रिलेसन अफिसर जय गिरी, आन्दोलित श्रमिकहरु र गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष /उपाध्यक्ष बिनोद थापा , हेमराज साप्कोटा ,पत्रकार कृष्ण गुप्ता लगाएत को उपस्थितिमा मौखिक सम्झौता गरि कामदार हरु काम मा फर्किएका हुन ।

पटकपटक भएका दुव्र्यवहार र अन्तर्राष्ट्रिय श्रम नियम बिपरित ,दुई देश बिच भएको श्रम सम्झौता बिपरित गर्नुपरिरहेको काम ,विभिन्न खाल्का मानसिक टर्चर दिएमा कामदार लाई जे गर्दा पनि हुन्छ भन्ने बुझाइ रोजगारदाता कम्पनीको रहेमा वैदेशिक रोजगार बिभागमा ,मलेसिया स्थित लेवर कोडमा समेत उजुर गर्ने बताएका छ्न ।

nepalijanatakhabar

समबन्धित समाचार