पत्रकार तिलु शर्मा पौडेल र शान्तिश्री परियारको मौलिक तिज गीत “छोरी भर जन्मनु” सार्वजनिक…..

दोहा कतार – पछिल्लो समय नेपाली गीत सङ्गीतमा मौलिकपन पाउन निकै कठिन पर्न थालेको छ विभिन्न चाडपर्वको अवसर पारेर प्रतिस्पर्धात्म रुममा सार्वजनिक हुने प्राय गीतहरुमा समाबेश हुने शब्दहरु र भिडियोमा देखाइने दृश्यहरु हेर्दा सुन्दा त्यो महसुस गर्न सकिन्छ ।

तर कतिपय श्रष्टा सर्जक त्यस्ता पनि छन जस्का सिर्जनाहरुले त्यो उत्श्रृंखल भिडबाट टपक्क टिपेर उहीँ पुरानो सभ्यतामा पुर्याइदिन्छ। हो अहिले पत्रकार तथा सर्जक तिलु शर्मा पौडेलले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्ष्यित गर्दै यस्तै किसिमको एउटा मौलिक तिज बिशेष गीत “छोरी भर जन्मनु” साङ्गीतिक बजारमा सार्वजनिक गरेका छन ।

अहिलेकि चर्चित गायिका शान्तिश्री परियारले सुमधुर आवाज भरेकी गीतको लय तथा शब्द संकलन भने तिलु शर्मा पौडेल आफै र प्रवेश पौडेलले गरेका हुन । वन डि बि एच.डि नेक्स्ट लेभल रेकर्डिङ ( 1 DB HD NEXT LEVEL ) स्टुडियोमा आकाश नेपालीले रेकर्ड तथा एच.बि.एन किस्मतले मिक्सिङ गरेका उक्त गीतको सङ्गीत समायोजन यम थापा मगरले गरेका छन ।

नेपाली समाजमा अझै पनि यदाकदा बिबाहित महिलाहरुले भोग्दै, झेल्दै आएका विभिन्न समस्याहरुलाई शब्दमा उनेर लयबद्द गरि सार्वजनिक गरिएको गीतको भिडियोमा चर्चित कलाकारहरु अंशु थापा, स्मारिका ढकाल, दुर्गेश थापा, वर्षा लम्साल, सन्ध्या अर्याल लगायतले उत्कृष्ट अभिनय गरेका छन ।

बाबा इन्टरटेन्टमेन्ट ( Baba Entertainment TV ) नामको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियो निर्देशन प्रबिन थापाले गरेका हुने भने छायांकन अजय रेग्मी र सम्पादन अमृत चापागाईंले गरेका हुन ।

सर्जक तिलु शर्मा पौडेल मध्याह्न राष्ट्रिय दैनिकको कतार प्रतिनिधि पनि हुन ।

गीतको भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नु होला ।

तपाईलाई यो समाचार पढेर कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला धन्यवाद ।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

 

 

सम्बन्धित समाचार