भुबन के पोखरेलको अभिनयमा तीज गीत ‘नक्कले साईली’ सार्बजनिक

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीज नजिकिदै गर्दै गर्दा कलाकारहरुले तीजका गीतहरु एकपछि अर्काे गर्दै बजारमा ल्याएका छन् ।

नेपालीहरुको संस्कार, संकृति र परम्परालाई जर्गेना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत “नक्कले साईली” सार्वजनिक गरेका छन् । गीतको शब्द, संगित स्वयम खनाले नै गरेका हुन् । गीतमा स्वर खनाल र कल्पना विष्टको रहेको छ । धेरै गीतहरुबाट चर्चा कमाइ सकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिइएकी हुन्।

गीतकोे संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । उक्त गीत इरा स्टुडियोमा रेकर्ड गरिएको छ । यस्तै सुरज खनालको निर्देशमा भुवन के पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । भिडियो छायांकन शिव वि.कले गरेका हुन् भने कोरिग्राफर देवेन्द्र कुवंरले गरेका छन् । दृश्य सम्पादन विनोद वमले गरेका हुन् ।

उक्त गीत सान्स फिल्म युटुब च्यानलमार्फ सार्वजनिक गरिएको छ । यस गितमा मौलिक नाचौं नाचौं लाग्ने म्युजिक र गाएकीपनले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुको रोजाइको गीत बन्न सक्ने छनक यस गीतले दिएको छ । गीतमा माया प्रेम भएनभने जीवन निरस हुन्छ त्यसैले प्रेमलाई जीवन्त बनाउनु पर्छ । सिगार्नु पर्छ । प्रेम बिनाको जिन्दगी अधुरो हुन्छ भन्ने सन्देश गीतले दिएको छ । छाडा र उत्ताउलो गीत बनाएर समाज भड्काउन खोज्ने विकृती ल्याउन खोज्ने कलाकार हरुलाइ पनि यो गीतले सहि मार्गमा हिड्न प्रेरित गर्ने आकलन गरिएको छ । बुवाआमा घर परिवार र छिमेकी सङ्ग बसेर गीत हेर्न र सुन्न रमाइलो गर्न सकियोस् र हाम्रो पहिचान कला र साँस्कृतिक क्षेत्रमा उत्साह थपिएको हेर्न चाहने सबैको लागि यो गीत रोजाईको बन्न सक्छ।

यसमा गायक तथा सर्जक खनालकै रहेको उक्त तिज गीतको बुधबार (हिजो) स्मार्ट दरवारमा एप्पल मिडिया एण्ड एडभरटाइजिङ्गका प्रा.लि.अध्यक्ष श्रीधर खनालको अध्यक्षतामा माननीय सिके राउत, राष्ट्रिय जन सांस्कृतिक महासं नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, मेघा कलेजका अध्यक्ष गोपाल खनाल बाट बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

गीत बिमोचन तथा कलाकारहरुलाइ प्रसंसा पत्र वितरण कार्यक्रमको उद्घोषण गायक बैकुण्ठ महत गरेका थिए। कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार