दोस्रो जोहोर कपको टिम दर्ता सेप्टेम्बर ८ तारिख सम्म मात्रै खुल्ला रहने प्रमुख अतिथिमा राकेश महतो।

जेबी युनाइटेड फुटबल क्लब द्वारा दोस्रो जोहोर कप २०२४ प्रतियोगिता आयोजना नजिकिँदै गइरहेको छ आउँदो मिति २०२४ सेप्टेम्बर १५ र १६ तारिख भब्य रुपमा सम्पन्न गर्ने योजनाका साथ आयोजक टिम लागिपरेका छन्।

हालै मात्रै एक सूचना जारिदै आउँदो सेप्टेम्बर ८ तारिख भित्र सहभागी हुन इच्छुक क्लबले टिम दर्ता गरिसक्नु पर्ने भएको छ टिम दर्ता सँगै खेलाडीको नामावली सहित उपलब्ध गराउन समेत आयोजक टिमले अनुरोध गरेको छ।

दोस्रो जोहोर कप २०२४ प्रतियोगिता गैरआवासीय नेपाली संघ मलेसियाका प्रथम उपाध्यक्ष राकेश प्रसाद महतोको प्रमुख अतिथिमा हुन लागेको अध्यक्ष मान मगरले नेपाली जनता खबर लाई जानकारी दिनु भयो।

प्रतियोगिताको पहिलो विजेताले ट्रफी मेडल प्रमाणपत्र सहित मलेसियन रिंगेट २० हजार पाउने छन् भने दोस्रो विजेताले ट्रफी मेडल सहित १२ हजार मलेसियन रिंगेट र तेस्रो विजेतालाई पनि ट्रफी मेडल सहित ६ हजार रिंगेट पुरस्कार पाउने छन् भने टिम दर्ता दर्ता शुल्क मात्रै २५ सय रिंगेट लाग्ने छ।

साथै खेलाडी हरुलाई हौसला स्वरूप बिभिन्न बिधामा २ सय मलेसियन रिंगेट सहित सम्मान पनि गरिने आयोजक समितिले जानकारी दिएको छ।

 

 

सम्बन्धित समाचार