प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागले भब्य मनायो तीज…..

दोहा कतार – प्रवासी नेपाली एकता मञ्च कतारको महिला बिभागले आयोजना गरेको हिन्दुधर्मावलम्बी तथा आस्थावान नेपाली नारीहरूको महान पर्व हरितालिका तीज विशेष शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम दोहा स्थित “होटल क्राउनप्लाजाको सभाहलमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।

मंचको अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व, नेपालबाट आमन्त्रित पुर्व मन्त्री तथा युवा नेतृ रामकुमारी झाक्रीको प्रमुख आतिथ्यता, अतिथि कलाकारको रुपमा आमन्त्रित लोक प्रिय लोक तथा दोहोरी गायिका जमुना सनम र कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु समाजसेवी, बुद्धिजीवीहरुको बिशेष आतिथ्यताको साथै मिडियाकर्मी पत्रकार, कलाकारहरू लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

ब्यानर अनावरण तथा दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रम साँझ ७ बजे सम्म निरन्तर रुपमा चलेको थियो । कार्यक्रममा सृष्टि श्रेष्ठ सिम्रनले स्वागत नृत्य र कार्यक्रम संयोजक रामकुमारी तामाङले उपस्तिथित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेकी थिइन ।

थोरै मात्र भाषण र धेरै साङ्गीतिक प्रस्तुतिहरु राखिएको कार्यक्रममा कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारहरु द.एन.आर.एन आइडल सिजन वान कि फाइनालिस्ट गायिका गुना मगर “निशु” लोक दोहोरी गायिका रेश्मी बिश्वकर्मा लगायत दुई दर्जन कलाकारले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरु पस्केका थिए ।

त्यसै गरि अतिथि कलाकार सनमले मेरो त बुढाले रक्सी खादैनन, लौन नि भैया, रातो घलेकीमा, तिम्लाई टाढा मलाई नि टाढा लगायत डेढ दर्जन गीतहरू गाएर कार्यक्रमलाई तिजमय बनाइदिएकी थिइन् । जामुनाले कतारमा आफ्नो पहिलो साङ्गीतिक यात्रा भएको र यो अवसर जुराइदिएकोमा आयोजक टिमलाई आभार व्यक्त गरिन ।

सन्तोष रेग्मीले सहजीकरण गरेको कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय कमिटीमा आबद्ध नेतागण, बैचारिक संघ – संस्था, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष , पत्रकार महासंघ, एनआरएनए एनसीसी कतारका प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम सफलताको कामना शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्ततिर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, पूर्व मन्त्री एवंम प्रखर युवा नेतृ राम कुमारी झाँक्रीले डिजिटल भोटिङ को सम्भावना नरहेको बताइन । विशेष गरि प्रवासमा रहेका नेपाली हरुले डिजिटल भोटिङको लागि माग गरेको बताउदै तत्काल त्यस्तो सम्भावना नरहेको जानकारी गराइन । झाक्रीले देश बिकास नहुनुमा राजनीति ताल मेल नहुनु, धेरै भ्रष्टाचार हुनु, बिदेशबाट पठाएको रेमिट्यान्स लाई सहि सदुपयोग गर्न नसक्नु, बिदेशमा सिकेको सिपलाई देश फर्केर उचित ठाउँमा सदुपयोग गर्न नसक्नु, पार्टीगत बिचारमा बेमेल हुनु जस्ता कारण रहेको बताइन ।

झाँक्रीले थप बोल्दै तिज पर्व हिन्दु समुदायको मात्र नभएर सबै समुदाय भाषा, जातजातीहरुको भएको बताउदै प्रवासमा पनि उल्लासमय तरिकाले तीज मनाएको देख्न पाउँदा आफुलाई अत्यन्त खुशी लागेको बताउदै यस्तो ऎतिहाँसिक कार्यक्रममा सहभागी हुने अवसर मिलाइदिएको मा आयोजक प्रती आभार व्यक्त गरिन ।

कार्यक्रमको अन्तमा मञ्च कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघका विभिन्न विभाग, नेपाल बाट आमन्त्रण अतिथि गण सहित कलाकार, प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार, प्रमुख अतिथिलाई मायाको चिनो र कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोगलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार