नेपाल तामाङ घेदुङ मलेसियाको वार्षिकोत्सब सँगै चौथो अधिवेशन सम्पन्न, सचीवमा सन्जिव तामाङ चयन

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको १९ औं वार्षिकोत्सब तथा चौथो अधिवेशन आज अक्टोबर १३ तारिख आइतबार सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको १९ औं वार्षिकोत्सब तथा चौथो अधिवेशन कार्यक्रम मलेसियामा रहनु भएका विभिन्न विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा ग्राण्ड कन्टिनेन्टल होटल क्वावालालम्पुरमा आज सम्पन्न भएको हो ।

नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाको भर्खरै सम्पन्न चौथो अधिबेशनबाट बिक्रम वाइबा तामाङको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित २३ सदस्यीय कार्यसमितिको अध्यक्षमा विक्रम वाइबा तामाङको साथै वरिष्ठ उपाध्यक्षमा छेवाङ पाख्रीन तामाङ चयन भएको हो ।

उपाध्यक्षहरुमा भने क्रमशः सुमन पाख्रीन,सुमन मोक्तान र सम्झना मोक्तान चयन भएको हो । त्यस्तै नवनिर्वाचित कार्यसमितिको महासचिवमा सविन लोप्चन तामाङ चयन हुँदा सचिवहरुमा सन्जिव तामाङ र डिना मोक्तान चयन भएको छ ।

कोषाध्यक्षमा ज्ञानध्वज बोम्जन र सह- कोषाध्यक्षमा नवराज रुम्बा तामाङ चयन भएको हो । त्यस्तै समितिको सदस्यहरुमा क्रमशः छबिलाल बोम्जन,दिपक थिङ तामाङ, भोज थिङ तामाङ, पेमा स्याङ्तान तामाङ, कृष्ण बहादुर मोक्तान, शर्मिला दोङ, शान्ता तामाङ, लालबहादुर थिङ तामाङ, सुनिता पाख्रिन तामाङ, शुसिला मोक्तान, राजु योन्जन तामाङ, रामबहादुर गोले र नवराज थिङ तामाङ चयन भएको हो ।

सम्बन्धित समाचार