आज बिहानै कतारको हामद इन्टरनेशनल एअरपोर्टमा देखा परिन लोकप्रिय गायिका शान्तारानी परियार …..

दोहा कतार – गुल्मी सेवा समाज कतारको आयोजना तथा लुम्बिनी प्रदेश समन्वय परिषदको समन्वयमा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सह-आयोजनामा भोलि हुने वडा दशैं, शुभ दिपावली तथा छट पर्व विशेष बृहत साँस्कृतिक कार्यक्रममा आफ्नो सांङ्गीतिक प्रस्तुति दिन राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्तारानी परियार कतार आई पुगेकी छिन ।

समाजको “आकस्मिक कोष अभिवृद्धि सहयोगार्थ” सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने बृहत कार्यक्रममा सहभागी हुन आज बिहान ८:३० बजे नेपाल एअर लाइन्सको फ्लाइट मार्फत कतार आई पुगेकी परियारलाई दोहाको हामद इन्टरनेशनल एअरपोर्टमै आयोजक समितिले भव्य स्वागत गरेको छ ।

गुल्मी जिल्लामै जन्मिएर पछिल्लो समय “शिरफुल शिरको मेरो मयालु गुल्मी तिरको” भन्ने बोलको गीत गाएर एकाएक चर्चामा आएकी गायिका शान्तारानीको यतिबेला पनि “म त ढले ढले” नामको गीत सर्वाधिक चर्चामा रहेको छ भने कार्यक्रममा गायिका शान्तारानी सङ्गै परदेशमा रहेर पनि कलाकारितामा स्थापित भइ सकेका करिब १ दर्जन कलाकारहरुको उत्कृष्ट सांङ्गीतिक प्रस्तुतिहरु रहने समाजका सचिब तथा कार्यक्रम संचालक दर्शन सुनारले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

उनले पत्राचारको क्रममा बिहान ठिक ११ बजेबाट सुरु हुने भनिएको र सम्पुर्ण तयारी पूरा भई सकेको हुँदा पनि एम.ओ.आई कताले १२ बजेबाट मात्र कार्यक्रमको लागि अनुमति दिएकोले १२:३० बाट कार्यक्रम सुरु हुने बताएका छन । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराको बोकेर कतारमा बि.स. २०५९ (सन् २००३) मा स्थापना भएको समाजले सामाजिक सहयोगको लागि विभिन्न कालखण्डमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै गरिब, दुखी, जेहेन्दार विद्यार्थी, बाढी पहिरो तथा भुकम्प पिडितको साथै वृद्ध आश्रमहरुमा सहयोग पुर्याउदै आएको छ भने यो कार्यक्रममा मिडिया पार्टनरको रुपमा नेपाली जनता खबर पनि रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार