धादिङ सेवा समाज कतारको शुभ दिपावली र छट बिशेष शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार हुने..

दोहा कतार – धादिङ सेवा समाज कतारले शुभ दिपावली तथा छट पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो – २०२४ कार्यक्रम शुक्रबार अर्थात ८ नोभेम्बरको दिन हुने भएको छ ।

“धादिङ सेवा समाज कतारको मुल मर्म, समाज सेवा नै हो मानविय प्रमुख धर्म” भन्ने मुल नारालाई आत्मसात गर्दै – २००१ मा स्थापना भएको संस्थाको उक्त कार्यक्रम प्लाजामल स्थित सेन्चुरी रेष्टुरेन्टको सभाहलमा हुने समाजका अध्यक्ष आयुष घलेले नेपाली जनता खबरलाई जानकारी गराएका छन । उनले कार्यक्रममा उपस्थितिको लागि दोहामा स्थापित भएका सबै संघ संस्थाहरु, बैचारिक संस्थाहरु, समाजसेवी, बुद्धिजीवी, समाजिक अभियान्ता, व्यवसायी, कलाकार, पत्रकारहरुलाई पत्राचार गरि सक्नुको साथै कार्यक्रममा चाहिने सम्पुर्ण तयारी पूरा भइ सकेको पनि बताएका छन ।

बिहान ठिक ११ बजेदेखि सुरु हुने कार्यक्रममा शुभकामना आदानप्रदान सङ्गै कतारमा कलाकारितामा स्थापित भइ सकेका एक दर्जन भन्दा धेरै कलाकारहरुको बिशेष सांङ्गीतिक प्रस्तुति हेर्न सकिने पनि आयोजक समितिले जानकारी गराएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

 

सम्बन्धित समाचार