दोहा कतार – सद्भाव युवा समाज कतारले नेपालमा रहेको सद्भाव युवा समाज सङ्गको समन्वयमा सिन्धुलीको सुनकोशी गाउँपालिका -५ मुलकोटका बाढी पहिरो पीडितलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समाजले गत असोजमा आएको बाढीले क्षति ग्रस्त भएको पिउने पानीको मुहानहरू पुन: निर्माण गर्न रकम अभाव भइ रहेको बेला पाइप खरिदको लागि समाज कतारका पूर्व सदस्य संरक्षक खड्क श्रेष्ठको उपस्थितिमा सिन्धुलीका माननीय सांसद लेखनाथ दाहाल (राजन), सुनकोशी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र स्थानीय बासिन्दाहरूको उपस्थितिमा सोमबार गाउँपालिका लाई उक्त रकम हस्तान्तरण गरेको हो ।
“आपसी सहयोग, सामाजिक सद्भाव र बन्धुत्वको लागी श्री सद्भाव युवा समाज” भन्ने स्लोगन सहित कतारमा सन्- २००८ मा स्थापना भएको समाजले स्थापना काल देखि नै गरिब दुखी, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, क्यान्सर पीडितलाई आर्थिक सहयोग लगायतका यस्ता थुप्रै सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै आइरहेको छ भने आर्थिक सहयोग गर्ने क्रम नेपालको कुना कन्दरा सम्म पुग्ने सद्भावको अर्को तयारी काठमाडौं किर्तिपुर स्थित अनाथ बालबालिकाहरुको “माया घर” भवन निर्माणको लागि रहेको समाजका अध्यक्ष विजय गुरुङले बताएका छन ।
यसैगरी सद्भाव युवा समाज नेपालबाट सहजीकरण गर्दै सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गर्न खट्ने सम्पूर्ण पदाधिकारीहरु लाई र सहयोग स्वीकार गर्ने गाउँपालिका र स्थानीय बासिन्दाहरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेको छन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्