दोहा कतार – सिन्धुली सेवा समाज कतारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान, वनभोज तथा साँस्कृतिक कार्यक्रम -२०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कृष्ण वर्माको सभापतित्व, संस्थाका पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यता र चेत बहादुर बलम्पाकी मगर, धन बहादुर भुजेल, दिर्घ बहादुर बुर्जा र अविरल बिश्वकर्माको विशेष आतिथ्यताको साथै संस्थामा आबद्ध कार्यसमिति पदाधिकारी सङ्गै अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष नीर बहादुर सुनुवार (जनक) ले आमन्त्रित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।
संस्थाकी महासचिव सबिता गोलेले सहजीकरण गरेकी उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने सम्पुर्णले संस्थाले विभिन्न समयमा गरेको सामाजिक कार्यहरूको प्रशंसा गरेका थिए भने संस्थाका सल्लाहकारहरुले आफ्नो महत्त्वपूर्ण भनाइ र सुझाव सहित अंग्रेजी नयाँ वर्षको शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्यकै क्रममा प्रमुख अतिथि सुनुवारले सस्थाले २२ वर्ष लामो यात्रा गर्दै गर्दा स्थापना काल खण्डमा योगदान पुर्याउने सस्थापक अध्यक्ष चतुरमान तामाङ, बिजय लामा लगायत अन्य संस्थापक हरूको स्मरण गर्दै धन्यवाद दिएका थिए । उनले थप बोल्दै संस्थाले स्थापना काल देखि नै कतार मात्र नभएर स्वदेशमा पनि भइ परी आउने अनेकौ दु:ख पिडामा सर्वसाधारण नेपालीहरुको मलमपट्टी बनेर काम गर्दै आइरहेकोले संस्थालाई सबैले माया गर्दै अझ सकृय रुपमा अगाडि बढाउन एकजुट हुनुपर्ने बताएका थिए ।
समाजले आन्तरिक रुपमा आयोजना गरेको भएता पनि गैर सिन्धुली बासीहरूको पनि बाक्लो उपस्थित रहेको कार्यक्रममा हास्य कलाकार धन बहादुर भुजेलले आफ्नो प्रस्तुति मार्फत सबैलाई हसाए भने अन्य थुप्रै सामुहिक नृत्य लगायतका साङ्गीतिक प्रस्तुतिहरुले कार्यक्रम अबधिभर मनोरञ्जन प्रदान गरेका थिए ।
अन्तमा सभापति वर्माले उपस्थित सबैलाई धन्यवाद दिदै समयले भ्याएसम्म कतारमा रहेका सम्पुर्ण सिन्धिली जिल्लाबासीहरु सस्थामा आवद्ध भएर सदस्यता लिई आफुले सक्ने आर्थिक भौतिक तथा नैतिक रुपमा साथ सहयोग गर्न अनुरोध गर्दै कार्यक्रम समापन गरेका थिए । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो कार्यक्रमको औचित्य र उद्देश्य बारे समाजका सचिव बिनोद राना मगरले प्रस्ट्याएका थिए भने समाज “सिन्धुलीबासीहरुको प्रवासमा एकता, आपसी सहयोग र सामाजिक कार्यमा हाम्रो अग्रता” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा सन् – २००३ मा स्थापना भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्