गायक तथा सर्जक चन्द्र विसीले ल्याए फेरि अर्को उत्कृष्ट मौलिक लोक भाका “झिलिमिली जुनेली रातैमा”….

दोहा कतार- पछिल्लो समयमा नेपाली मौलिक लोक भाकाहरु बजारमा सार्वजनिक गर्नेहरुको लिस्टमा परिरहने नाम हो सर्जक तथा गायक चन्द्र विसी नेपाली साङ्गीतिक आकाशमा लोक दोहोरीको नाममा बजारमा आउने मोडर्न गीतहरू लाई चुनौती दिदै विसीले फेरि अर्को उत्कृष्ट “झिलिमिली जुनेली रातैमा” भन्ने बोलको मौलिक लोक भाका विश्व साङ्गीतिक बजारमा सार्वजनिक गरेका छन ।

दिवान किनार र विसी आफैले शब्द, सङ्गीत सिर्जना गरेका गीतलाई एरेन्जर प्रसाद खप्तरी मगरले फुलबुट्टा भरेर अझै उत्कृष्ट बनाएका हुन भने आवाजमा गायक चन्द्रलाई गायिकाद्वय मधु थापा मगर र जमुना थापा मगरले साथ दिएका छन । त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका छन । त्यस्तै सामुहिक (कोरस) मा बिमल थापा मगर, जीवन थापा मगर, मधु थापा मगर र जमुना थापा मगरको आवाज सुन्न सकिन्छ ।

पुरानो पिडिहरुले दिनभरि काम गरेर थकित भएको शरीरलाई मनोरञ्जन मार्फत भुलाउन गाउँभरिका बुढापाका तन्नेरीहरु जम्मा भएर रोधी गाउने प्रचलनलाई टपक्कै टिपेर तयार पारिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफर एकिन्द्र सारा शंकरले अञ्जली थापा मगर, प्रतिक सिंह, सिरु थापा मगर, मनिषा मगर, कन्चन गुरुङ, बसन्ती गुरुङ, प्रिया सिमल थापा, सोनि राना, श्रेया थापा मगर, उषा सारु मगर, बालकृष्ण आले मगर, सुजन श्रेष्ठ, आकाश गुरुङ, रतन हिताङ, निशा राना, बिमल बाह्रघरे मगर, समीर राना मगर, असिम लामा, अमर गुरुङ, स्पन्दन श्रेष्ठ, महेन्द्र गैह्रे लगायतलाई निकै आकर्षक तरिकाले नचाएको देख्न सकिन्छ भने भिडियोमा देखिने मनमोहक दृश्यहरुको छायांकन नवराज उप्रेती र उनका टिमले खिचेका हनु ।

सुजन कोइरालाले सम्पादन गरेका भिडियो Diwan kinar नामको युटुब च्यानल मार्फत गत शुक्रबार सार्वजनिक भएको हो । भिडियो माया पिरतीकै विषयमा आधारित भए पनि गाउँले परिवेशको पुरानो पुस्ताको शैलीलाई समेट्न खोजिएको छ ।

विसीका यस अघिको पानी धाराको, पोखराको बसमा लगायतका मौलिक गीतहरु दर्शकले अत्यन्तै मन पराएका गीतहरुमा पर्छन् ।

भिडियो हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोला ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार