मलेसिया: धनुषा जिल्लाको कमला नगरपालिका-१ मंगराहा निवासी अशोक कुमार शाह रोजगारीका लागि करिब आठ वर्षदेखि मलेसियामा कार्यरत थिए। उनी त्यहाँ बसेर समस्यामा परेका नेपालीहरूलाई सकेसम्म सहयोग गर्दै आएका थिए।
हेल्प मधेसी मलेसिया संस्थाको जोहर शाखामा आबद्ध साथै केन्द्रिय सदस्य रहेका शाहको फेब्रुअरी ७ मा हृदयाघातका कारण निधन भएको हेल्प मधेसी मलेसियाका अध्यक्ष दीपक मण्डलले जानकारी दिएका छन्।
संस्थाले नेपाली दूतावास र मृतक कार्यरत कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया अघि बढाएको छ। हेल्प मधेसी मलेसियाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोका अनुसार शव १८ फेब्रुअरी बिहान ९:२० बजे MALAYSIA AIRLINE (MH 170) मार्फत नेपाल पठाइने छ।
साथै, हेल्प मधेसी मलेसियाले मृतकका परिवारलाई केही आर्थिक सहयोग गर्ने तयारी गरिरहेको अध्यक्ष मण्डलले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्