गत शुक्रबार कतारमा सम्पन्न भएको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको अडिसनबाट अर्को चरणको लागि छानिए उत्कृष्ट १० प्रतिभा….. 

दोहा कतार- कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को अडिसन गत शुक्रबार सम्पन्न भएको छ । इन्ट्रा-नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा आइडियल इन्डियन स्कुल अबुहामुरमा सम्पन्न भएको हो ।

अडिसन मार्फत भोइस तर्फ सहभागी ६० जना मध्य जुनु प्रसाईँ, ईशान रेग्मी, रामहरि बिक (सङ्गीत बिक) विकास थापा र उमेश वाइबा उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । त्यस्तै मेरो डान्स युनिभर्स तर्फ सहभागी ११ जना मध्य उत्कृष्ट पाँचमा शान्ति वली, कोसेली राना मगर, सुनिता तामाङ , सुस्मिता रोका मगर र अञ्जलि परियार(सुधा) छनोट भएको आयोजकले जानकारी दिएका छन् ।

भोइसका लागि गायक डम्बर नेपाली र वीरेन्द्र श्रेष्ठ निर्णायक रहेका थिए भने डान्सका लागि चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक शङ्कर वि.सी र भबिन तामाङ निर्णायकका रूपमा रहेका थिए । विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतिभालाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ ।

छनोट भएका प्रतिस्पर्धीहरुहरुले आगामी २ राउन्डका लागि गीतको गायन रियाज र नृत्यको क्रोरियोग्राफी आफैले गर्नु पर्ने जानकारी अडिसनमै गराइएको थियो भने काठमाण्डौंमा हुने अर्को चरणमा दुबै विधाबाट ६०/६० जना मात्र छानिने र त्यसपछिको अर्को चरण मार्फत ३५ जना छनोट गरिने निर्णायक बिसीले जानकारी गराएका छन । उनले क्रमशः उत्कृष्ट २५, उत्कृष्ट २० हुँदै उत्कृष्ट १० मा पुग्ने बताउदै उत्कृष्ट २५ मा पुगेका प्रतिभाहरूलाई आयोजकले कोच र कोरियोग्राफर दिने बताएका छन भने उत्कृष्ट १० बाट बाहिरिने प्रत्यक प्रतिस्पर्धीले जनही रु १ लाख प्राप्त गर्ने जानकारी गराएका छ्न । आयोजकको अनुसार दुवै शोका विजेताले पुरस्कार स्वरुप १/१ करोड, उपविजेताले २५/२५ लाख र तेस्रो हुनेले १०/१० लाख नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् ।

कतारको अडिसनलाई फाउन्डेसनका बोर्ड अफ डाइरेक्टर रोशन बिस्टले निर्देशन गरेका थिए । कार्यक्रम संयोजक शिवराम ढकालले सहजीकरण गरेका अडिसन कार्यक्रमको छायांकन गणेश बराल मगरको टिमले र स्टिल फोटोग्राफी प्रकाश दर्नाल शीतल, सन्तोष केसी सहितको टिमले गरेका थिए भने मिडिया संयोजकको भुमिका मध्याह्न राष्ट्रिय दैनिकका कतार प्रतिनिधि पत्रकार तिलु शर्मा पौडेलले निभाएका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार