ओमान: ओमानमा रहेका नेपालीहरूको हकहित र सामाजिक सेवाका लागि सक्रिय संस्था एनआरएन सासल क्लबको नयाँ कार्यसमिति चयन भएको छ।
संस्थाको प्रमुख संरक्षकमा विकल झा चयन भएका छन् भने अध्यक्षमा सुरेश खड्का निर्वाचित भएका छन्।
प्रथम उपाध्यक्षमा रविन शिल्पकार, साथै लक्ष्मी निर्मल कोईराला, गोपाल कुँवर, सुबास काफ्ले गरी चार जना उपाध्यक्ष चयन भएका छन्।
महासचिवमा विनोद श्रेष्ठ,
सचिवमा डा. कमल अर्याल, काशी राम सुनार, केशव थापा, विनोद दास गरी चार जना चयन भएका छन्।
कोषाध्यक्ष गीता देवी भट्टराई धिताल,
सहकोषाध्यक्ष महेन्द्र तिवारी,
प्रवक्ता राजेश महर्जन,
युवा संयोजक सुरज चित्रकार,
महिला संयोजक मिरा नेपाली चयन भएका छन्।
त्यस्तै, केन्द्रीय सदस्यहरूमा
अनिल कुमार रजक, सुबास पाठक, डा. सहदेव विडाहरी, डा. सन्दु शेर्पा, श्याम भट्टराई, प्रियंका काफ्ले खतिवडा, दिवान खड्का, लक्ष्मण श्रेष्ठ, बासुदेव गुरुङ, अनिश घर्तीमगर, सुशील कुमार शाह, धन बहादुर सिवा, नन्दलाल खनाल चयन भएका छन्।
समुदाय सेवामा प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष सुरेश खड्काले ओमान र नेपालमा रहेका नेपालीहरूका लागि सामाजिक सेवाका विभिन्न योजनाहरू घोषणा गरेका छन्।
नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा ओमानका नेपालीहरूलाई आबद्ध गराउन टास्क फोर्स निर्माण गरिने।
वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउन विशेष पहल गरिने।
मस्कटमा पायक पर्ने स्थानमा सबसुलभ रुपमा एनआरएन सासल क्लबको अफिस स्थापना गरिने।
नेपालका नेपालीहरूका लागि आपत्कालीन उद्धार तथा सहायता सेवा प्रवर्द्धन गरिने।
नयाँ नेतृत्वले ओमानमा रहेका नेपालीहरूको हकहितको रक्षाका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्