दोहा कतार- दलित एकता संजाल कतारले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८२ विशेष शुभकामना आदानप्रदान एवं आन्तरिक भेट घाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
गत शुक्रबार अर्थात ४ अप्रिल २०२५ को दिन समाल ब्रिज ६६ को लेफ्ट साइडमा रहेको मजरामा संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्माको अध्यक्षता तथा प्रमुख संरक्षक कृष्ण परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संरक्षकहरु ललित शुचिकार, मोहन घताने, बाल कृष्ण भित्रीकोटि, अर्जुन घिमिरे, प्रमुख सल्लाहकार किरण परियारको स-परिवार, सल्लाहकारहरु दिपक सुनार, मानसिङ बिश्वाकर्मा, दिपक बिश्वकर्मा, प्रेम परियार, बिरेन्द्र परियार, पिताम्बर बिश्वकर्मा, कृष्ण बराल बिश्वकर्मा समाज कतारका अध्यक्ष सेवक घताने, परियार मित्रता समाज कतारका अध्यक्ष सुमन नेपाल परियार, पूर्ब सल्लाहकारद्वय सन्तोष सुनाम र सन्तोष बिश्वकर्मा, पुर्व प्रथम उपाध्यक्ष जिवन घिमिरे सुनार, निवर्तमान संरक्षक प्रेम रसाईली, गण्डकी प्रदेश संयोजक टोप बाहादुर बिश्वकर्मा, बागमती प्रदेश संयोजक मोहन परियार, कर्णाली प्रदेश संयोजक दिनेश तिरुवा बिश्वकर्मा, लुम्बिनी प्रदेश संयोजक अम्मर सिङ नेपाली कार्यक्रम संयोजक टिका बराइली, पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्रीको साथै समाजसेवी, बुद्विजिवी, खेलाडी, कलाकार, आजीवन तथा साधारण सदस्यहरु लगायत कतारमा रहेका थुप्रै दलित एवं गैर-दलित समुदायका नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव अमृत बिश्वकर्मा घतानेले सहजीकरण गरेका कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष कोपिला परियारले स्वागत मन्तव्य राखेसके पश्चात् कतारमा रहेर कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाई सकेका कलाकारहरुले उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरु पस्केका थिए भने संस्थाका संरक्षक बालकृष्ण भित्रीकोटिले चक्लेट खाने खेल खेलाएर कार्यक्रमलाई अझै मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार किरण परियारले संस्थाले आजको दिनसम्म के कस्ता कामहरु गर्यो भन्ने बारेमा प्रष्ट पार्दै आफु लगातार ३ कार्यकाल अध्यक्ष हुँदै गर्दा संस्थालाई विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए । त्यस्तै प्रमुख अतिथि कृष्ण परियारले पनि संस्थाको स्थापना कालदेखि अहिलेसम्म आइपुग्दाको भोगाई संघर्षका अनुभवहरू सुनाएका थिए ।
कार्यक्रममा दलित एकता संजाल कतारलाई ३ कार्यकाल नेतृत्व गर्दै संस्थालाई कठिन परिस्थितिमा पनि चलायमान गराएर आजको दिनसम्म ल्याउन योगदान पुर्याएको भन्दै प्रमुख सल्हाकारलाई सम्मान पत्र र दोसल्लाद्वरा सम्मान गरिएको थियो साथै संस्थालाई आर्थिक रुपमा सहयोग गर्ने सल्लाहकार सदस्य तथा सफल ब्यबसायी पिताम्बर बिश्वकर्मा र कृस्टल गोल्ड एन्ड डाईन्मन्ड शपका प्रोपाइटर अमृत ढकाल प्रशंसा पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति संस्थाका अध्यक्ष प्रकाश बिश्वकर्मा घतानेले सम्पूर्ण सहभागी, अतिथि, आर्थिक, नैतिक, भौतिक रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र योगदान गर्ने सबैप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै औपचारिक रूपमा समापन गरेका कार्यक्रममा अजिवन सदस्यता लिएका सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्