सार्वजनिक भएको छोटो समयमै सञ्चारकर्मी शर्मा र गायिका सेन्चुरीको गीत “आँधिखोले माया” को चौतर्फी चर्चा…..

दोहा,कतार- सार्वजनिक भएको छोटो समयमै सञ्चारकर्मी तिलु शर्मा पौडेल र गायिका रेश्मी सेन्चुरीको मौलिक रत्यौली गीत “आँधिखोले माया” को चौतर्फी चर्चा हुन थालेको छ ।

प्राय जसो लोक क्षेत्रको पश्चिमी धारमा आधारित गीतहरु बनाउने र गाउने लोकप्रिय मोडेल तथा गायक पशुपति शर्मा र पछिल्लो समय कलाकारितामा उदाउँदै गरेकी लोक दोहोरी गायिका रेश्मी सेन्चुरी सुमधुर आवाज भरेका उक्त गीत गत बुधबार मात्रै बाबा इन्टरटेन्मेट टिभी नामको युटुब च्यानल मार्फत विश्व साङ्गीतिक आकाशमा सार्वजनिक भएको हो ।

प्रवेश पौडेलले उत्कृष्ट शब्द सङ्गीत गरेका गीतलाई एरेन्जर दिवश थापा मगरले फुलबुट्टा भरेर चिटिक्क पारेका हुन भने मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट खुमन राना, सुमन राना र कतारको वेभ्स डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट रितेशले रेकर्ड गरेका शर्मा र सेन्चुरीको आवाज लाई मारुनीका साउन्ड इन्जिनियर कुमार रानाले मिक्सिङ अनि मास्टरिङ गरेर अझै मिठास भरेका हुन ।

अहिलेका व्यस्त निर्देशक एवं कोरीयोग्राफर प्रबिन थापाले निर्देशन गरेका भिडियोमा गायक तथा मोडेल शर्मा र मोडल उषा उप्रेतीलाई मुख्य भुमिकामा देख्न सकिन्छ । भिडियोमा नेपाली परम्परा अनुसार गाउँले परिवेशमा गरिने बिबाहमा बेहुला पक्षबाट जन्ती आएको केटा र बेहुली पक्षकी एक सुन्दर युवती बिच पहिलो भेट्कै नजर जुधाई पछि सुरु भएको माया पिरतिको कथालाई निकै आकर्षक तरिकाले देखाइएको छ।

गीतको भिडियोमा देखिएको मनोमोहक दृश्यहरु राजेश घिमिरेले छायांकन गरेका हुन भने उक्त दृश्यहरुलाई चर्चित भिडियो सम्पादक अमृत चापागाईंले कलर तथा सम्पादन गरेका हुन । लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी शर्मा पौडेलले गायिका सेन्चुरी सँग मिलेर गीतको निर्माण गरेका हुन् ।

गायिका सेन्चुरी वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि कतारमा रहदै गर्दा नेपालीहरुले साप्ताहिक रूपमा आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन । वैदेशिक भूमिमा रहेर पनि पौडेल र सेन्चुरीले नेपाली कला र संस्कृतिमा देखाएको सक्रियता साँच्चै नै प्रशंसनीय छ । उक्त यतिबेला गीत टिकटक, बेसबुक रिल, विभिन्न सोसियल मिडिया सङ्गै सामाजिक संजाल प्रयोगकर्ताहरुको रोजाइमा परेको छ ।

गीत तल दिइएको लिङ्कमा क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार