दलित एकता संजाल कतारले गर्‍यो १३ सदस्यीय साँस्कृतिक विभाग गठन….

दोहा कतार- दलित एकता संजाल नेपाल, कतारले १३ सदस्यीय साँस्कृतिक विभाग गठन गरेको छ ।

संजालका साँस्कृतिक विभाग संयोजक टिकाराम बराईली (मनोज) को अध्यक्षता एवं संजालकै अध्यक्ष प्रकाश विश्वकर्माको प्रमुख आतिथ्यतामा प्लाजामल स्थित रेडचिल्ली रेष्टुरेन्टको सभाहलमा बसेको विभागको दोस्रो बैठकले पदपूर्ति सङ्गै पुर्ण साँस्कृतिक विभाग गठन गरेको हो ।

जसमा संयोजकमा टिकाराम बराईली (मनोज), उप-संयोजकमा सुरेश बिसी, सचिबमा सन्देश सोनी विश्वकर्मा, सह-सचिबमा रेश्मी विश्वकर्मा, कोषाध्यक्षमा चन्द्र बिसी, सह-कोषाध्यक्षमा पदम सेन्चुरी चयन भएका छन भने सदस्यहरुमा गङ्गा बिसी, जमुना बिसी, अनिता सोनी, दिपक रिजाल, राजन परियार, विशन बिसी र रमेश विश्वकर्मा चयन हुँदा सल्लाहकारमा देव विश्वकर्मा, प्रकाश दर्नाल, बाबु कौशल र कृष्ण दर्लामी चयन भएका छन ।

संजालका प्रमुख संरक्षक कृष्ण परियार, वरिष्ठ उपाध्यक्ष विमल परियार, सल्लाहकार कृष्ण बराल लगायतको बिशेष उपस्थिति रहेको बैठकलाई सम्बोधन गर्दै संजालका अध्यक्ष प्रकाश विश्वकर्माले साँस्कृतिक विभाग गठन गर्नुको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । विश्वकर्माले दलित एकता संजालले स्थापना कालदेखि हालसम्मै समग्र दलित समुदायको हकहित र अधिकार सुनिश्चितताको लागी संघर्ष गरिरहेको अवस्थामा कलाकारहरुको विशेष भुमिका रहेको स्मरण गर्दै कलाकार राष्ट्रका गहना हुन भन्ने प्रचलन भए पनि दलित कलाकारले झेल्दै आएका यावत समस्याहरु सङ्ग जुध्न र कलाकारिता मार्फत नै त्यसको विरुद्ध बुलन्द आवाज उठाउनको निमित्त समुदाय भित्रका कलाकारहरु लाई एउटै छाता संगठनमा समेट्न सकियोस् भन्ने हेतुले संजालले साँस्कृतिक विभाग गठन गरेको बताएका छन ।

विश्वकर्माले थप बोल्दै अब छिट्टै साँस्कृतिक विभागकै आयोजनामा कतारमा स्थापना भएका सम्पुर्ण संघ संस्था, साङ्गीतिक संस्था र कलाकारहरु सङ्ग समन्वय गरि नेपालमा रहेका दलित बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोगार्थ विशेष बृहत साँस्कृतिक कार्यक्रमको गर्ने बताएका छन ।

तस्तै संयोजक बराईलीले संजालले साँस्कृतिक विभाग गठन गरे सङ्गै कतारमा रहेका सम्पुर्ण संघ संस्था, साङ्गीतिक संस्था र सबै समुदायका कलाकारहरु सङ्ग समन्वय गरेर अघि बढने बताएका छ्न भने बैठकमा उपस्थित सबैले परिचय सहित आ-आफ्नो धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

समबन्धित समाचार