दोहा कतार- प्रवासी भुजेल समाज कतारले उभौली पर्व (प्हुगाल पारिम) -२०२५ भव्य रुपमा मनाएको छ ।
शुक्रबार प्लाजामल स्थित लालिगुराँस रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बिकाश भुजेलको सभापतित्वमा एउटा आन्तरिक कार्यक्रमको आयोजना गरि उभौली पर्व मनाएको हो । कार्यक्रममा कार्यसमिति पदाधिकारीहरु लगायत समाजमाका संरक्षक, प्रमुख सल्लाहकार, विशेष सल्लाहकार र मानर्थ सदस्यहरुको उपस्थिति तथा आतिथ्यता रहेको थियो भने उपस्थित सम्पुर्ण लाई स्वागत गर्दै समाजका वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेका थिए ।
भुजेल समुदायको रितिरिवाज अनुसार यो पर्व बैशाख पुर्णिामाको दिन विधिवत रूपमा सुर्य देउता, वायु, जल, जङ्गल, जमिन गरि पन्च देवताको पुजा आराधना गरि मनाइने प्रचलन रहिआएको छ भने पुजा गर्ने मुख्य पुजारीलाई (रामे) भन्ने गरिन्छ । यसपटक (रामेको) भुमिका संस्थाका संरक्षक बिनोद भुजेलले निभाएका थिए । उभौली पर्वलाई ऋतु परिवर्तनसँगै भूमि या प्रकृतिको पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिन्छ । उभौली पर्व मनाउदा विशेषगरि बालीनाली लगाए पछि आफूले लगाएको बालीनाली सप्रियोस्, रोगव्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढीपहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी सामुहिक रुपमा प्रकृतिको आराधना गर्ने गरिन्छ ।
समाजका महासचिव दुर्गा भुजेलले सहजीकरण गरेका कार्यक्रम अवधिभर समाजका प्रमुख सल्लाहकार प्रभात भुजेल, संरक्षक बिनोद भुजेल, सह-कोषाध्यक्ष रोज भुजेल, उपाध्यक्ष गिता भुजेल, कोषाध्यक्ष सर्मिला भुजेल लगायतले आ-आफ्नो मन्तव्य राखेको थिए भने अध्यक्ष बिकाश भुजेलले छोटो समयको तयारीले पनि कार्यक्रम भव्य सफल पार्न खटिने सम्पुर्णलाई धन्यवाद दिएका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्