मोना कतारले गर्यो कतारलाई बिट मार्दै गरेका कोषाध्यक्ष रिजालको बिदाई…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा, कतार- म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले कतार बसाईलाई बिट मार्दै स्वदेश फर्किन लागेका संघका कोषाध्यक्ष नबराज रिजाललाई बिदाई गरेको छ ।

मोनाले शनिबार साँझ प्लाजामल स्थित संसरा रेस्टुरेन्टको सभाहलमा सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरि रिजाललाई बिदाई गरेको हो । मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता तथा मोना आईईसिका कोषाध्यक्ष एवं मोना कतारका संरक्षक नगेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न बिदाई कार्यक्रममा मोनाका सस्थापक अध्यक्ष प्रेम रसाइली, प्रमुख सल्लाहकार राजु पौडेल, संरक्षकहरु रमेश पौडेल, तिलु शर्मा पौडेल, संरक्षक एवं मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष बिक्रम कार्की, लगायतको उपस्तिथि तथा विशेष आतिथ्यता रहेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष देवी कंडेलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा बोल्ने सबैले रिजाल मोनासङ्ग जोडिएर कोषाध्यक्ष जस्तो जिम्मेवार पदलाई निष्ठापुर्ण तरिकाले निभाएको र छोटो समयमै उनले मोनालाई पुर्याएको योगदानको स्मरण गर्दै प्रदेशलाई बिट मारेर आफ्नो जन्मभूमि फर्किने भन्दा खुशी लागे पनि संस्थाको लागि भने सुखत खबर नभएको बताउँदै रिजालको बाकी जीवनको उन्नति प्रगतिको कामना सहित यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा रिजालले करिब दुई दशक लामो कतार बसाईको अनुभव सुनाउदै अहिले कतार छोड्दै गर्दा अझै मोना कतारलाई आफू कार्यकारी कोषाध्यक्ष भएको छोटो समयमै छोडेर जानू पर्दा दुख लागेको बताए । उनले प्रवासमा रोजगारीको सिलसिलामा लामो समय भए पनि संस्थामा जोडिएर छोटो समय मात्रै काम गर्न पाएको र आफ्नो पुरा कार्यकाल काम गर्न नपाएकोमा क्षेमा मागेका थिए । प्रवासमा रहेका नेपालीहरु लाई अफ्ट्यारो र आवश्यक पर्दा सम्बन्धित देशमा स्थापित जिल्ला संस्थाहरुले नै सबैभन्दा पहिला सहयोग गर्ने भएको बताउँदै उनले आफू आबद्ध जिल्ला संस्था मोना कतारलाई आमाको स्थानमा राखेर सम्बोधन गरेका थिए ।

संघको महासचिव शिव खड्काले सहजीकरण गरेका कार्यक्रमको अन्तमा सभाध्यक्ष भन्डारीले कतारलाई बिट मारेर नेपाल फर्किए पनि निरन्तर रुपमा मोना कतार र मोना कतार बहुउद्देश्यीय अक्षयकोष सङ्ग जोडिरहन आग्रह गरेका छन ।

 

 

nepalijanatakhabar

समबन्धित समाचार