परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावासहरूलाई पत्र लेख्दै महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं। परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली दूतावासहरूलाई पत्र पठाएर शेष घलेले आयोजना गरेको महाधिवेशनबाट निर्वाचित एनआरएनए अध्यक्ष महेश श्रेष्ठको कार्यसमितिलाई मान्यता दिन भनेको छ।

मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाले यसअघि ३० वैशाखमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई सम्बोधन गरिएको पत्र जानकारीका लागि दूतावासहरूमा पठाइएको जानकारी दिएकी छन्।

यसअघि पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विभिन्न समूहहरू सक्रिय रहेका थिए। परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिलाई पहिले मान्यता दिएको थियो।

तर, अहिले परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको समितिलाई वैधानिक मान्यता दिएपछि एनआरएनएभित्र दुई फरक धारका बलिया समूहहरू बनेका छन्।

बद्री केसी नेतृत्वको कार्यसमितिको कार्यकाल यो अक्टोबरमा समाप्त हुँदैछ।

उक्त कार्यसमितिलाई काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश पनि दिएको छ। अहिले एनआरएनएको कार्यालय र कर्मचारीहरू पनि यही समितिले नै प्रयोग गरिरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले एक वर्षअघि, २१ चैत २०८० मा, शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई छ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको थियो। अनलाइन खबर बाट साभार

nepalijanatakhabar

समबन्धित समाचार