दोहा,कतार- गोरखा सेवा समाज कतारको १३औं अधिबेशन तथा बिबिध सांस्कृतिक कार्यक्रम शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षता एवं ग्लोवल गोरखा समाजका उपाध्यक्ष, गैर आबसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपुर्व क्षेत्रीय उपसंयोजक तथा गोरखा सेवा समाज कतारको प्रमुख संरक्षक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा प्लाजा मल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहल्म भव्य सम्पन्न भएको कार्यक्रमबाट अध्यक्षमा विकाश श्रेष्ठ निर्विरोध चयन भएका छन।
खुल्ला र बन्दसत्र गरि दुई चरणमा सम्पन्न भएको बन्दसत्र कार्यक्रमले अध्यक्षमा विकास श्रेष्ठ सहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा अर्जुन संग्रौला, उपाध्यक्षमा राजेन्द्र पराजुली र रामचन्द्र गिरी, महासचिवमा रुद्र बहादुर भट्ट, सचिबद्वय पवन गुरुङ, पुर्ण बहादुर गुरुङ, काेषाध्यक्षमा अशोक श्रेष्ठ, सह काेषाध्यक्षमा दिनेश थापा चयन भएका छ्न भने पालुङटार न.पा.को संयोजकमा नन्दलाल श्रेष्ठ, सिरानचोक गा.पा. को संयोजकमा सुर्य बहादुर गुरुङ, अजिरकोट गा.पा.को संयोजकमा राजु गुरुङ, शहिदलखन गा.पा.को संयोजकमा दिपक बि.कर आरुघाट गा.पा.को संयोजकमा रश्मी गुरुङ, चयन भएका छ्न । त्यस्तै दुर्गा भुजेल, मदन बाबू बखती, मालती गुरुङ र प्रदिप मल्ल ठकुरी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन ।
विधिवत रुपमा दिप प्रज्वलन, व्यानर अनावरण गर्दै राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा दोहामा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, बैचारिक संगठनका प्रमुख तथा प्रतिनिधिहरुको साथै समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियान्ता अगुवाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत थुप्रै वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
मन्तव्यकै क्रममा प्रमुख अतिथि भट्टराईले तात्कालिन अवस्थामा संस्था सञ्चालनमा सञ्चार र यातायातको अहिलेको अवस्था जस्तो नभएको बताउदै त्यो अवस्थामा पनि संस्थालाई आफूले सन २००६ देखि गोरखा सेवा समाज कतारको तिन पटक सम्म नेतृत्व गरेको बताउदै आफ्नो कार्यकालमा जिल्लाको अस्पतालमा एउटा इसिजी मेसिन, चारवटा स्ट्रेचर बेड र बिधालयको भवन निर्माणमा समेत सहयोग गरेको बताए । भट्टराईले प्रबासमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु पर्छ भन्ने सोचाइले मनकामना कला केन्द्र भनेर एउट संगितालय सञ्चालनमा ल्याएको र अहिले दोहामा रहेका नेपाली कलाकारहरु छन् तिनीहरु मध्यबाट मनकामना कला केन्द्रले जन्माएको कलाकारको प्रस्तुतिहरु हेर्न पाँउदा अत्यान्तै खुशी लाग्ने बताए ।
यसैगरि संस्थाका संमक्षकद्वय बुधबल गुरुङ र राकेश श्रेष्ठले पनि आफ्नो बिचार राखेका थिए । गुरुङले आफू संस्था स्थापना भएको २००३ देखि बर्तमान अबस्था सम्म योगदान दिएको बताउदै संस्थाले गरेका राम्रा कामहरुको प्रंशसा गर्दै जिल्लाको अनाथ, असाहय, जेहेन्दार बाललालिकाहरुको शिक्षा र वृद्धबृद्धाहरुको स्वास्थ्यको साथै जिल्लाको जिर्णोदार अबस्थामा रहेको भौतिक संरचनाहरु निर्माणमा सहयोग पुर्याउने उद्देश्यले खोलिएको २५ लाखको अक्षयकोषको व्याजबाट अहिले संस्थाले सहयोग गर्दै आएको बताए । संरक्षक श्रेष्ठले जो जहाँ जुन सुकै तहमा भएता पनि गोर्खाली नै हौ तसर्थ संस्थालाई माया गरेर संस्थामा आबद्ध हुनको निम्ति नयाँ सदस्यहरुलाई आव्हान गर्दै आफू जनजाती महासंघ कतारको नेतृत्व सम्म पुग्नको निम्ति पनि कँहि कतै जिल्ला संस्थाको ठुलो भुमिका रहेको बताउदै, धन्यवाद व्यक्त गरे ।
एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले हामी नेपाली समुदाय होस् वा अन्य कुनै देशको समुदाय यहाँको सुरक्षा निकायले अत्यान्तै नजिकबाट नियालेर हेरि रहेको हुँदा हामीले जुनसुकै गतिविधि गर्दा यो देशको कानुनको पालना गर्नु पर्ने बताँउदै सचेत रहन अग्रह गर्नु भयो । पन्थीले थप बोल्दै आजत भिसाको नाममा कोठा भित्रबाट गरिने कुनै पनि व्यापर व्यसाय यहाँको सरकारको अनुमती बिना गरिएको छन् भने त्यो काम गैरकानुनी हुने भएकोले कसैले पनि त्यस्तो गरेको भए प्रक्रियागत सरकारबाट अनुमती लिएर मात्रै अगाडि बढ्न सुझाव दिए भने नेपाली कल्चरल कार्यक्रमहरु आयोजना गर्दै कलाकारलाई टाउको माथि पैसाको फुल लाउने कार्य पनि कतार सरकारको कानुन बिपरित रहेको बताउदै आगामी दिनको कार्यक्रमहरुमा त्यस्ता कार्यहरू नगर्न सबै नेपाली समुदायलाई पन्थीले आग्रह गरे ।
खुल्लासत्र कार्यक्रम अवधिभर दोहा रहेर पनि निकै चर्चा परिचर्चा कमाउन सफल भएका कलाकारहरुले विभिन्न साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका महासचिव अर्जुन संग्रौलाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायत समाजलाई विभिन्न कोणबाट सहयोग पुर्याउने व्यक्तित्व, पत्रकार, कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा सभापति गुरुङले अधिबेशन कार्यक्रम सफल बनाउनको निम्ति र आफ्नो कार्यकाल भरि विभिन्न माध्यमबाट साथ सहयोग पुर्याउने सम्पुर्ण प्रती धन्यवाद व्यक्त गर्दै खुल्लासत्र कार्यक्रम समापन गरेका थिए भने खुल्लासत्र समापन पछि लगतै सुरु भएको बन्दसत्र कार्यक्रमबाट निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक बुधबल गुरुङले सपथ ग्रहण गराएका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्