दोहा,कतार- गुल्मी सेवा समाज कतारको १०औं साधारणसभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
शुकवार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व र लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक क्रान्ति सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशन कार्यक्रमबाट मित्र बि.एसको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
खुल्ला र बन्दसत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको बन्दसत्र बाट अध्यक्षमा मित्र बि.एस सङ्गै वरिष्ठ उपाध्यक्षमा सुरज चन्द बोहोरा, प्रथम उपाध्यक्षमा देव लम्साल, उपाध्यक्षमा दर्शन सुनार, सचिवमा कुमार राहादी मगर, सह-सचिवमा रमेश पछाई कोषाध्यक्षमा कमल खत्री, महिला संयोजकमा कल्पना घर्ती सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा क्रमशः गोपाल पछाई (गोपी), ज्ञान बहादुर शाही, भिम बहादुर पान्डे, दिपक घिमिरे, सुरेश परियार, मान बहादुर कार्की, शम्शेर सुनार, गिरी प्रसाद दर्लामी र महिला सदस्यमा दुर्गा माझी चयन भएका छन ।
कार्यक्रम दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको भएता पनि केही महिना अघि मात्रै कतारमै सडक दुर्घटनामा परि ज्यान गुमाएका समाजका वरिष्ठ सल्लाहकार झबिन्द्र आचार्यको सम्झना र सम्मानमा एक मिनेट मौन धारण गरे पछी मात्र औपचारिक रुपमा अघि बढेको थियो । कुनै पनि किसिमका साङ्गीतिक प्रस्तुतिहरु बिना नै सम्पन्न भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष मित्र बि.एसले स्वागत मन्तव्य राखेका थिए भने सचिव दर्शन सुनारले कार्यकाल भरिको समाजको कार्यप्रगती प्रस्तुत गरेका थिए ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, विशिस्ट व्यक्तित्व सागर नेपाल, नेपाली महिला समाज कतारकी उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल लगायत लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार सहित बिशेष व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा शुभकामना मन्तव्य राखेका अधिकांश वक्ताहरुले समाजले गरेको विभिन्न सामाजिक कार्यहरूको खुलेर प्रशंसा गरेका थिए भने कतिले पछिल्लो समय कतारमा रहेका नेपालीहरुको विभिन्न कारणले हुने मृत्युदरको सङ्ख्या बढ्दो भएको र त्यसलाई कसरी न्यूनीकरण गर्न सन्किन्छ भन्ने तर्फ नेपाली समाजको ध्यान किन जान सकेन भन्दै चिन्ता व्यक्त गरे ।
समाजका सचिब दर्शन सुनारले सहजीकरण गरेका कार्यक्रममा मन्तव्य राख्दै एनसीसी कतारका अध्यक्ष भट्टले कतारको कानुनले बर्चित गरेको कयौं गतिविधिहरु पनि नेपाली समाजबाट हुने गरेको बताउदै अब त्यस्तो किसिमको गतिविधि नगर्न आग्रह गरेका छन । पछिल्लो समय नेपालबाट कलाकार ल्याउदा सम्मान स्वरुप शिरमा पैसा लगाइदिने प्रचलन बढ्दै गएको र त्यसो गर्दा पनि कतार सरकारको कानुन विपरीत हुने भएको कुरा जानकारी गराउदै सबैलाई सचेत गराएका थिए भने भट्टले एनसीसीले छिट्टै नेपाली श्रमिकलाई लक्षित गर्दै विभिन्न सचेतनामुलक कार्यक्रमहरू गर्ने पनि बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि सिंहले गुल्मी सेवा समाजले स्थापना कालदेखि नै गर्दै आएको सामाजिक कार्यहरुको स्मरण गर्दै नयाँ बन्ने कार्यसमितिले पनि त्यो कार्यलाई निरन्तरता दिदै जानेमा आफु विस्वस्थ भएको बताए । सिंहले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले प्रदेश अन्तर्गतका जिल्लाहरु सङ्ग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा यो कार्यलाई अझै मजबुत बनाउदै जाने प्रतिबद्धता व्यक्त गरेका छन ।
खुल्ला सत्रको अन्तमा सभापति अर्यालले आफ्नो कार्यकाल भरी भएका विभिन्न कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पुर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गर्दै बन्दसत्र कार्यक्रमको आह्वान गरेका थिए भने कार्यकाल भरी समाज सङ्ग सहकार्य तथा विभिन्न कार्यक्रमहरुमा सहयोग गर्ने संघ संस्थाहरु, पत्रकार, प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरु लगायत लाई सम्मान गरिएको थियो ।
खुल्ला सत्र समापन भए लगतै सुरु भएको बन्दसत्र कार्यक्रमबाट निर्वाचित नयाँ कार्यसमिति लाई पद तथा गोपनियताको सपथ ग्रहण निर्वाचन समितिका संयोजक बुद्ध पान्डेयले गराएका थिए भने गुल्मी सेवा समाज कतार “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नारा लिएर सन् – २००३ मा कतारमा स्थापना भएको पुरानो सामाजिक संस्था हो ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्