“म सानो झोले हुँ” सागर नेपाल…….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- दोहाको नेपाली समाजमा एउटा चिरपरिचित नाम हो “सागर नेपाल” विगत ३ दशक देखी दोहा कतारलाई कर्मभुमी बनाउदै आएका उनलाई दोहामा रहेका नेपालीहरुको आदर्श हुन भन्दा खासै फरक नपर्ला किनकी उनी आफ्नो भन्दा धेरै नेपाली समाजको चिन्ता गर्ने गर्छन । तर गत केही दिन अघि देखि प्रधानमन्त्री के पि शर्मा ओलिले दिएको “हो म झोले हुँ” भन्ने अभिव्यक्तिले सामाजिक संजाल तताए पछी झोलाको विषयमा सागरले पनि फरक तरिकाले फेसबुक वालमा आफ्नो विचार व्यक्त गरेका छन ।

उनी लेख्छन “झोलाले न्याय पाएको छ र प्रधानमन्त्री के पि ओलि ज्युले म झोले हुँ भन्नू स्वाभाविक हो र उहाँ देशको समस्या र जिम्मेवारी बोक्ने सबैभन्दा ठुलो झोले नै हुन तर म उहाँको झोले हैन…….।

झोलेको अर्थ त शब्दकोष नै सकिने गरि लगाइयो तर झोलाको अनर्थ नलागोस, यहाँ जिम्मेवारीको झोला नबोक्ने को हौला र….? झोला बोक्नेलाई झोले भनिने हो भने हो म मेरो परिवारको झोले हुँ, म परिवार प्रति आँखा बन्द गरेरै बिश्वास गर्छु, अन्धभक्त नै हुँ, परिवारको हित र खुसिको अगाडी मेरो सोच-बिचार र विवेक शून्य प्राय हुन्छ। कतिपय अवस्थामा म ममै रहदिन किनकी मेरो हरेक खुसी र ब्याक्तिगत चाहनाहरु बिर्सेर परिवारको भलाईमा एकाग्र हुने गर्छु। राजनीतिक झोले भन्न नैतिकताको खडेरी परेकोले सारै गाह्रो भएको होला तर म मात्र हैन हरेक परिवारमा त्यो परिवारको जिम्मेवारिको झोला बोक्ने यौटा साहसी झोले हुने गर्छ र तपाई पनि त्यो साहसी ….हो भन्दा पाप नलागोस।

शब्द र भनाई अनि बुझाइमा फरक होला तर कर्ममा फरक नहुने हो भने म परिवारको झोले हु भने प्रधानमन्त्री देशको झोले नै हुन दुखको कुरा उहाले बोकेको त्यो झोलामा नागरिकको सुनिश्चित भबिस्यको खजना छ कि छैन ? त्यो झोलामा देशको बृहत हितको खाका छ कि छैन ? यौटा युवाले आफ्नो भाग्य हैन कर्म खोज्दा त्यो झोलामा भेटिन्छ कि भेटिदैन ? शब्दकोषले जसरी व्याख्या गरे पनि झोला बोक्ने मान्छे सबै खराब हुदैन तर हाम्रो प्रधानमन्त्री ज्यु र अन्य नेताहरुले बोकेको झोलामा के छ ? भनेर प्रश्न गर्ने दिन भने आएको छ ।

आजकाल झोला सारै महङ्गो भको बेला प्रधानमन्त्री ज्युले आफुलाई झोले भनिदिना साथ झोलाको मुल्य नै किन सस्तिएको हो जस्तो भको छु । कुन्नी नत्र एक किलो सामान पनि नअटने हाते झोलाको मूल्य ५ लाख डलर पो पर्छ रे त हौ !

म झोले हुँ तर कुनै ब्याक्तीको हैन, धेरै आफ्नै परिवारको थोरै समाजको र परदेशमा हुदा अलि अलि नैतिकताको साथ देशको शानमा जिम्मेवारी पुर्बक सानो झोला बोक्ने म सानो झोले हुँ….!”

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार