कतारमा संस्थागत रुपमै पहिलो पटक बागमती प्रदेशले मनायो राष्ट्रिय धान दिवस……

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- बागमती प्रदेश समन्वय परिषद्, कतारले संस्थागत रुपमै पहिलो पटक (दही चिउरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस-२०८२ भव्य रुपमा मनाएको छ ।

परिषद कतारले राष्ट्रिय धान दिवस आउन दुई दिन अगावै गत शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष ललित कुमार तामाङको सभापतित्व तथा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कतारमा पहिलो पटक शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि (दही चिउरा खाने दिन) अर्थात राष्ट्रिय धान दिवस मनाएको हो ।

दिप प्रज्वलन गरि व्यानर अनावरण सङ्गै नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु गरिएको कार्यक्रममा परिषदका बरिस्ठ उपाध्यक्ष पुर्णसिंह तामाङले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने कलाकार सुनिता तामाङले आफ्नो उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।

परिषदका महासचिव आयुष घलेले शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिको राम्रो तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सजन लौडरी, कोशी प्रदेश समन्वय परिषदका बरिस्ठ उपाध्यक्ष रुद्र आचार्य, विशिस्ट सामाजिक व्यक्तित्व सागर नेपाल, नेपाली महिला समाज कतारकी सचिव कविता खत्री लगायत थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

मन्तव्यमा बोल्ने अधिकांशले नेपाल सरकारले २०६१ सालदेखि नै असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरेको भएता पनि कतारमा भने संस्थागत रुपमा पहिलो पटक बागमती प्रदेश समन्वय परिषदले दही चिउरा खाने दिन र राष्ट्रिय धान दिवसलाई यसरी महत्त्व दिदै मनाएको र आफुहरु पनि यस्तो बिशेष कार्यक्रममा सहभागी भएर एक अर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर जुराईदिएकोमा परिषद परिवारलाई धन्यवाद दिदै दोहामा अरुभन्दा फरक खालको कार्यक्रम आयोजना गरेको भन्दै परिषद कतारको खुलेरै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरुको हकहित र विभिन्न समस्याबाट गुज्रिरहेका श्रमिकहरु विशेष गरि महिला दिदीबहिनीहरूमा आइपर्ने यावत समस्याहरु प्रति आफुहरुले नेपाली दूतावास सँग निरन्तर समन्वय गरि समाधान गर्ने गरेको बताए । उनले थप बोल्दै दोहामा रहेका प्राय जसो नेपालीहरु समस्या परेपछि मात्र समाज खोज्दै सम्पर्कमा आउने गरेको बताउदै समस्या परेपछि समाज खोज्नु भन्दा पहिले नै आफ्नो जिल्ला संस्था अथवा प्रदेश सङ्ग जोडिन पनि सबै नेपालीहरु लाई आग्रह गरेका छन ।

दिउँसो १२:३० देखि सुरु भएको कार्यक्रम केही प्रचलित असारे गीत घन्कियो भने हलमा भरिभराउ दर्शकहरुको माझमा झन्डै डेढ दर्जन भन्दा धेरै कलाकारहरुले गायन तथा नृत्य प्रस्तुति पस्केर सङ्गीतको रौनक भरेका थिए भने प्रस्तुति दिने सबै कलाकारलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा सभापति तामाङले छोटो समयमा गरिएको तयारीले पनि उत्कृष्ट तरिकाले कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा आफू अत्यन्त खुशी भएको बताउदै अहोरात्र खट्ने कार्यसमिति टिम, कलाकार, पत्रकारहरु, सहयोगी दाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न कोणबाट सहयोग पुर्याउने सम्पुर्ण प्रती आभार व्यक्त गर्दै कार्यक्रको समापन गरेका थिए ।

सम्पूर्ण नेपालीहरूको चाहना, शान्त, समृद्ध नेपालको परिकल्पना” भन्ने मूल नारालाई आत्मसात गर्दै कतारमा सन्-२०१८ मा स्थापना भएको परिषद बिचमा केही समय निष्क्रिय जस्तो देखिए पनि यो कार्यक्रमले नयाँ जोस र जाँगर थपेर निरन्तर रुपमा सक्रिय भइ नेपाली समाज सङ्गै सामाजिक कार्यमा लागि पर्ने हाम्रो पनि बिश्वास रहेको छ ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार