नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा

वायु प्रधुशन
nepalijanatakhaba

काठमाण्डौ:नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

 

यसअघि जेठमा मन्त्रिपरिषद्ले सहायक रथीको पहिलो चार वर्षे कार्यकाल पूरा गरेका खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सेनाको सिफारिसमा उनको कार्यकाल ७ महिना ८ दिनका लागि बढाइएको थियो। तर, म्याद थप भएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन्।

 

खत्रीको कार्यकाल जेठ १६ गतेदेखि लागू हुने गरी पुस २४ गतेसम्मका लागि थप गरिएको थियो।

 

उनी यसअघि युद्ध कार्य निर्देशनालयका निर्देशकका रुपमा कार्यरत थिए।

 

२०७८ साल जेठ १७ गते खत्री सहायक रथीमा बढुवा भएका थिए। बढुवा पछि संगठन निर्देशनालयमा खटिएका खत्रीले जनसम्पर्क तथा सूचना निर्देशनालयमा पनि काम गरिसकेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार