काठमाडौं : मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा उनीहरूलाई नेपाल फर्काइएको हो।
निष्कासनमा पर्नेहरूमा सोनालाल सहनी, मेखबहादुर तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ छन्।
उनीहरूलाई मालिन्दो एयरलायन्सको फ्लाइटमार्फत नेपाल पठाइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको थियो। यसअघि पनि मलेसियाले एकैपटक ११ नेपालीलाई निष्कासन गरेको थियो।
मलेसियामा लाखौं नेपालीहरू रोजगारीका लागि गएका छन्। कोही वैधानिक रूपमा भिसा प्रक्रिया पूरा गरेर पुगेका छन् भने, कोही दलालको प्रलोभनमा परेर गैरकानुनी बाटोबाट पुगेका छन्। उताका नेपालीहरूका अनुसार, केही नेपालीले राम्रो जागिरको खोजीमा कम्पनी छाडेर पनि बसोबास गर्ने गरेको पाइन्छ। यस्ता अवैधानिक रूपमा बस्नेहरू प्रायः अध्यागमन विभागको कारबाहीको मुख्य निशानामा पर्छन्।
प्रतिक्रया दिनुहोस्