मलेसिया: खोटाङका मनोज निरौला (रमेश), जो २०६९ साल फागुन २६ गते रोजगारीको लागि मलेसिया पुगेका थिए, विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्। नेपाली दूतावास मलेसिया र परिवारका अनुसार उनी २०७८ साल असोज २४ गतेपछि परिवारसँग सम्पर्कमा छैनन्।
बराहापोखरी गाउँपालिका–३ (साबिक साउनेचौर–७) घर भएका मनोजको अवस्था अज्ञात भएपछि उनका बुबा गंगाप्रसाद निरौलाले नेपाली दूतावासमार्फत छोराको खोजी र स्वदेश फर्काउने पहल गर्न आग्रह गरेका छन्।
परिवारका अनुसार सुरुका केही वर्ष मनोजले नियमित रूपमा फोन सम्पर्कमा रहेका थिए, तर पछिल्ला वर्षहरूमा उनी सम्पर्कबाट हराएका छन्। लामो समयसम्म कुनै खबर नआएपछि परिवारले सार्वजनिक रूपमा खोजीका लागि अपिल गरेका हुन्।
यदि कसैले मनोज निरौलालाई कतै देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी छ भने निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न परिवारको आग्रह छ।
गंगा प्रसाद निरौला (बुबा): ९८६९०४४०६३०
लक्ष्मण निरौला (परिवार): ९८४२१२४९४९०
नेपाली जनता खबर डट कम मार्फत पनि मनोजबारे जानकारी भएका सबैलाई परिवारलाई सम्पर्क गरिदिन हार्दिक अनुरोध गरिन्छ।
प्रतिक्रया दिनुहोस्