एनसीसी कतारको अध्यक्षमा कृष्ण पन्थी सहित सर्वसम्मत नवनिर्वाचित कार्यसमिति चयन…….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गैर लआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको एघारौ राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ ।

गत शुक्रबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एवं परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यता तथा सङ्घका अध्यक्ष रमेश भट्टको सभाध्यक्षतामा सम्पन्न महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागी अध्यक्ष कृष्ण पन्थी सर्वसम्मत निर्वाचित भएका छन ।

त्यस्तै प्रथम उपाध्यक्षमा रबिन मगर, दित्तिय उपाध्यक्षमा सन्तोष पौडेल, तृतीय उपाध्यक्षमा जहागिर आलम महिला उपाध्यक्षमा टौमाया गुरुङ, युवा उपाध्यक्षमा मेहर सिंह तामाङ, महासचिवमा – विबेक पुलामी मगर, सचिवहरु बुद्ध पाण्डेय, सुजन गुरुङ र अर्जुन संग्रौला, कोषाध्यक्षमा कबिन्द्र कडेल, सह-कोषाध्यक्षमा कान्छा श्रेष्ठ (अजय), महिला संयोजकमा कल्पना पुन मगर र युवा संयोजकमा – केशव राज मल्ल (केशु) चुनिएका छन ।

कार्यसमितिका सदस्यहरुमा क्रमशः रिता पोखरेल, ईन्दिरा शाह, राम चन्द्र गिरी, अमृत विश्वकर्मा, प्रकाश दर्नाल, दर्शन सुनार, गणेश अधिकारी, राजन चापागाईं, तारा टमाटा (कमल), डिल्ली राम भट्टराई, मोहम्मद रफिक रायन, विश्वनाथ भट्टराई, गोरख बहादुर चन्द ठकुरी, मो.अनवारुल हक, शेख मोम्ताज, प्रकाश थापा सुशील कुमार सुब्बा, कृष्ण भण्डारी, पुष्कर बहादुर साउद रहेका छन भने लेखा समितिको संयोजकमा राम प्रसाद गौतम र सदस्यमा कमल खत्री र अशोक आले मगर पनि निर्विरोध चयन भएका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले एनआरएनए सामाजिक संस्था रहेकोले प्रवासमा दुखसुख साट्ने ठाउँ भएको बताए । उनले मध्यपूर्वबाट ५३% रेनिट्यान्स जाने भएको हहुँदा एनआरएनए मार्फत अधिकारको लडाई जारी रहेको बताए । डा. महतले कतार सबैभन्दा बढी रेमिट्यान्स भित्राउने देश रहेको बताउँदै प्रवासमा रहदा सोही देशको कानुनको अक्षरशः पालना गर्न आग्रह गरे ।

कार्यक्रममा आइसिसीका विभिन्न तह र तप्काका उच्च पदाधिकारीहरु, एनसिसि कतारका भुतपुर्व अध्यक्ष तथा पदाधिकारीहरु सहित कतारमा स्थापित बिभीन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता सहित शुभकामना मन्तव्य राखेका थिए। बक्ताहरुले कतारमा रहेको एनआरएनएमा देखीएको फुट प्रति बिचारहरु राखेका थिए । उनीहरुले आईसिसिको मुद्दाका नाममा सामाजिक संस्थामा राजनिती हाबी भएको प्रति चिन्ता ब्यक्त गर्दै कतारको नेपाली समाजमा एकता कायम गर्न मिल्नुको बिकल्प नरहेको सबैले बुझ्न आवश्यर रहेका बताए भने धेरै वक्ताहरुले कतारका लागी नेपाली राजदुत सबै नेपालीको साझा अभिभावक बन्न नसकेको जिकिर गर्दै राजनितिक दलको कार्यकर्ता नबन्न आग्रह गरे ।

महाधिवेशनबाट सङ्घले सञ्चालन गरेका विभिन्न अभियानमा सहयोग पुराउने संघ संस्थालाई सम्मान गरिएको थियो । संघको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार समेत वितरण गरिएको छ। २०२३-२०२५ को “साहित्य पुरस्कार” श्यामराज रानाभाट , “पत्रकारिता पुरस्कार” राम एकवाल राम र “स्वास्थ्य तथा खेलकुद” पुरस्कार दिलिप कार्कीलाई जनही १५ हजार रुपैयाँ नगद सहित सम्मानित गरिएको थियो ।

महाधिबेशन मार्फत एनसिसिका बिभीन्न बिभागमा रहेर कार्यसम्पादन गरेका ब्यक्तित्वहरु सहित बिधान संसोधन समिति र एकताका लागी पहल गर्ने बिभीन्न संघसंस्थाहरु सहित पत्रकारहरुलाई पनि सम्मान गरीएको थियो । एनिसिका प्रथम उपाध्यक्ष कृष्ण पन्थिले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव रबिन मगर र सचिव सन्तोष क्षेत्रीलो मिलेर सहजिकरण गरेका थिए ।

सभामा आयव्यय तथा कार्य प्रगति विवरण संघका कोषाध्यक्ष बुद्ध पान्डेले प्रस्तुत गरेका थिए । उनले एनसिसि कतारमा १ लाख ३१ हजार ८ सय ९५ कतारी रियाल बचत रहेको र १२ हजार ५ सय ७१ रियाल उठ्न बाँकी रहेको बताए भने कार्यकाल भरी नेपालको बैंकमा रहेको बचत खाताको ब्याज मार्फत करीब १६ हजार आम्दानी रहेको जानकारी गराए । कार्य प्रगति विवरण महासचिव रबिन मगरले पेस गरेका थिए । पेस गरिएका दुबै विवरण अनुमोदन भएका थिए ।

एघारौ महाधिबेशनबाट विजयी भएका एनआरएनए आइसिसी सदस्यहरूमा धनबहादुर बलाएर शेख हनिफ साहिल हनिफ खान, ध्रुव राज अधिकारी, टिकाराम डुम्रे र गोपाल डागी रहेका छन । नव निर्वाचित पदाधिकारीहरू लाई निर्वाचन समितिका संयोजक नरेन्द्र भाटले पद तथा गोपनियिताको शपथ ग्रहण गराएका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार