एनआरएनए मलेसियाको वरिष्ठ उपाध्यक्षमा खेलप्रेमी र समाजसेवी राजु योञ्जन तामाङ चयन

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया जोहोर: गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको वरिष्ठ उपाध्यक्ष पदमा खेलप्रेमी तथा समाजसेवी राजु योञ्जन तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्।

लामो समयदेखि मलेसियामा रहँदै खेलकुदसँगै प्रवासी नेपाली समुदायको हकहितमा आवाज उठाउँदै आएका तामाङ सामाजिक कार्यमा पनि सक्रिय छन्।

स्थापित युवा व्यवसायीसमेत रहेका तामाङ RTFC फुटबल क्लबका अध्यक्ष हुन्। उनी यसअघि एनआरएनए मलेसियाको अध्यक्ष पदका लागि प्रत्यासीसमेत बनेका थिए। तर, आपसी समझदारीमा उम्मेदवारी फिर्ता लिएका थिए। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका उनले मलेसियामा रहँदा धेरै नेपालीलाई विभिन्न समस्यामा सहयोग गर्दै आफ्नो स्वच्छ छवि बनाएका छन्।

नेपाली फुटबल र खेलाडीहरूको प्रवर्द्धनका लागि पनि उनी निरन्तर सक्रिय छन्। उनी झापा फुटबल क्लबका सह-मालिकसमेत हुन्।

वरिष्ठ उपाध्यक्ष जस्तो जिम्मेवार पदमा चयन भएपछि तामाङले खुशी व्यक्त गर्दै मलेसियामा रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। उनले यो जिम्मेवारीले आफूलाई अझ प्रभावकारी रूपमा काम गर्न ऊर्जा थपेको बताए।

खेलकुद अभियानमा लामो समयदेखि समर्पित तामाङले मलेसियामा नेपाली समुदायबीच फुटबलसहित विविध खेल तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

nepalijanatakhabar

समबन्धित समाचार