मलेसियामा हराइरहेका खोटाङका हरीप्रसाद राईको खोजीका लागि परिवारको अपिल

वायु प्रधुशन
nepalijanatakhaba

जोहोर मलेसिया: रोजगारीको सिलसिलामा विगत तीन वर्षदेखि मलेसियामा कार्यरत खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी–११ निवासी हरीप्रसाद राई २०८२ साउन २ गते (जुलाई १८, २०२५) साँझदेखि सम्पर्कविहीन भएका छन्।

 

उनका दाजु केशरबहादुर राईले भाइ बेपत्ता भएको जानकारी दिंदै खोजतलासमा सहयोग गर्न अनुरोध गर्दै मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। दूतावासले उक्त निवेदन प्राप्त भएको र खोजी कार्यमा सहयोग गरिरहेको जनाएको छ।

 

परिवारको भनाइ अनुसार, हरीप्रसाद सो दिन बिहान कम्पनीबाट साथीलाई भेट्न भनेर निस्केका थिए। दिनभर साथीहरूसँग सम्पर्कमा रहेका उनी साँझपखदेखि भने सम्पर्कबाहिर छन्। त्यसयता हालसम्म परिवार वा साथीहरू कसैले पनि उहाँसँग सम्पर्क गर्न सकेका छैनन्।

 

उहाँको अवस्था अज्ञात भएकाले परिवार निकै चिन्तित बनेको छ। यही कारण मलेसियास्थित नेपाली दूतावासले पनि सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गर्दै खोजीका लागि सहयोग गर्न सबैमा अनुरोध गरेको छ।

 

यदि कसैलाई हरीप्रसाद राईको अवस्थाबारे जानकारी छ वा उहाँलाई कतै देख्नुभएको छ भने, कृपया तत्काल निम्न नम्बरहरूमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिन्छ:

 

📞 नेपाली दूतावास, क्वालालम्पुर (हटलाइन): +60 16 247 2777

📞 हिमाल राई (दाजु, मलेसिया): +60 11 1613 4876

📞 केशरबहादुर राई (दाजु, नेपाल): +977 9769 382933

 

nepalijanatakhabar

समबन्धित समाचार