मलेसिया जोहोर: एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि प्रसाद भट्टराईले यस क्षेत्रका सबै राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) को महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।
आज साँझ सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै भट्टराईले अधिवेशन सफलताका लागि सबैलाई धन्यवाद दिएका छन्। उनले एनआरएनए अभियानलाई असफल बनाउने प्रयास गर्नेहरूलाई विधानको पाठ सिकाउन सफल भएको उल्लेख गरेका छन्।
हरि भट्टराईको स्टाटस:
> ‘एनआरएनए एसिया प्यासिफिक एक छौं भन्ने सन्देश दिन सफल भयौं।’
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रबाट एकताको स्पष्ट सन्देश दिन पाउनु हामी सबैको गौरवको विषय हो। यस क्षेत्रका सबै एनसीसीहरूले समयमै (जुलाई ३०, २०२५) भित्रै राष्ट्रिय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेका छन्। यो सफलता हाम्रो आत्मबल, एकता र साहसको नयाँ प्रेरणा बनेको छ।
एशिया प्यासिफिक संयोजकको भूमिकामा रहेर यस्तो सकारात्मक सन्देश दिन पाउनु मेरो लागि गर्वको क्षण हो। व्यक्ति कहिलेकाहीँ गल्ती गर्न सक्छ, तर संस्था भने सधैं शुद्ध र पवित्र रहन्छ। एनआरएनए कुनै साधारण संगठन होइन—यो हाम्रो साझा सपना, अग्रजहरूको योगदान र बलिदानीले बनेको संस्था हो, जुन विधि र विधानमा आधारित भएर अघि बढ्दछ। यो संस्था “श्रीमद्भगवद्गीता” झैं पवित्र छ।
संस्थालाई कमजोर बनाउने तत्वहरूलाई हामीले विधानको महत्व बुझाउँदै सही बाटो देखायौं। संस्था भावना, उद्देश्य र एकतामै बलियो हुन्छ। त्यसैले आज हामीले एशिया प्यासिफिक क्षेत्रबाट एकताको सशक्त सन्देश दिएको छौं—हामी एक भयौं, एक छौं र एकै रहन संकल्पित छौं।
यो एकताको उज्यालो सन्देश संसारभर फैलियोस् भन्ने कामना गर्दै—
जय एनआरएनए!
हरि प्रसाद भट्टराई
एसिया प्यासिफिक
क्षेत्रीय संयोजक (RC)
प्रतिक्रया दिनुहोस्