नेपाल तामाङ घेदुङ मलेसिया, जोहोर क्षेत्रीय सांस्कृतिक कार्यक्रम सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया, जोहोर: नेपाल तामाङ घेदुङ मलेसिया, जोहोरद्वारा आयोजित क्षेत्रीय सांस्कृतिक कार्यक्रम मंगल दोङ तामाङको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो प्रमुख अतिथि र मिलान दोङ तामाङ विशिष्ट अतिथि भने अतिथि नेत्र केशी सबिन लोप्चन लगाएतको थिए।

एनआरएनए क्षेत्रीय समिति, जोहोरका कोषाध्यक्ष तिलक श्रेष्ठ, सचिव छविलाल गिरीसहित धेरै पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बौद्धिक वर्ग, राजनीतिज्ञ, सञ्चारकर्मी, खेलाडी, व्यवसायी र तामाङ समुदायका सदस्यहरू सहभागी भएका थिए। कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुतीले कार्यक्रमको माहोल झन् रमाइलो बनाएको थियो।

आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै प्रवासमा रहेका तामाङ समुदायबीच एकता र सहकार्य बलियो बनाउन, नेपाल तामाङ घेदुङ जोहोर क्षेत्रीय कार्यसमितिले २०२५ अगस्ट १०, आइतबार यो सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।

 

संस्थाले मलेसियामा रहेका सबै संघ–संस्थाका प्रतिनिधि, बौद्धिक वर्ग, राजनीतिज्ञ, सञ्चारकर्मी, खेलाडी, व्यवसायी तथा तामाङ समुदायका सम्पूर्ण सदस्यहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेको थियो।

nepalijanatakhabar

समबन्धित समाचार