हेल्प मधेसी मलेसिया’ले आगामी सेप्टेम्बर १४ मा आफ्नो तेस्रो अधिवेशन गर्ने

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर । ‘हेल्प मधेसी मलेसिया’ले आगामी सेप्टेम्बर १४ मा आफ्नो तेस्रो अधिवेशन गर्ने भएको छ।

अधिवेशन राजधानी क्वालालम्पुरस्थित विस्मा आन्न कोआइ, जालान अम्पाङ (नेपाली दूतावास नजिकै) हुने भएको छ।

‘हेल्प मधेसी मलेसिया’का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोका अनुसार मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै सरकारी र गैर-सरकारी संघ–संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भई सफल बनाउन निमन्त्रणा गरिएको छ।

उनका अनुसार अधिवेशनले समुदायबीच एकता मजबुत गर्ने, नेपाली संस्कृतिको संरक्षण गर्ने र आपसी सहयोगलाई अझ प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। साथै अधिवेशनमार्फत नयाँ नेतृत्व पनि चयन गरिनेछ।

विशेष अवसरका रूपमा अधिवेशनमा सम्मान कार्यक्रम, सांस्कृतिक प्रस्तुति र संस्थाको आगामी योजनाबारे छलफल हुने वरिष्ठ उपाध्यक्ष महतोले जानकारी दिए।

nepalijanatakhabar

समबन्धित समाचार