जनउद्धार केन्द्र मलेसियाको पहलमा इलाम निवासी डम्बर कुमार मगरको मलेसियामै अन्त्येष्टि

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया:  इलाम फाक्फोकथुम गाउँपालिका–४ निवासी डम्बर कुमार मगरको अन्त्येष्टि मलेसियामै सम्पन्न गरिएको छ।

करिब १३ वर्षदेखि अवैधानिक रूपमा मलेसियामा काम गर्दै आएका मगरको गत जुलाई ३१ मा उच्च रक्तचाप र मधुमेहका कारण पेनाङ अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो। शव नेपाल ल्याउने खर्च धान्न नसक्ने भएकाले आफन्तहरूले मलेसियामै अन्त्येष्टि गर्न आग्रह गरेका थिए।

जनउद्धार केन्द्र मलेसियाले आज बिहान मगरको परम्परागत दाहसंस्कार सम्पन्न गरेको जनाएको छ। केन्द्रका अध्यक्ष केसु थापाका अनुसार मृतकको अस्तु बिहीबार समुद्रमा विसर्जन गरिनेछ।

अध्यक्ष थापाले भर्खरै सम्पन्न तीज विशेष कार्यक्रममा शव विसर्जनका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्त्येष्टिमा प्रत्यक्ष साथ दिने बिराज पुन, श्याम तमाङ, केशव लम्साल र कविराज बोहोरालाई धन्यवाद दिएका छन्। साथै, उनले मृतकको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

मगर विवाहित थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।

जनउद्धार केन्द्र मलेसिया त्यहाँ दर्ता भएको पहिलो नेपाली सामाजिक संस्था हो, जसले जेल तथा डिटेन्सनमा परेका नेपालीदेखि लिएर अन्य कठिनाइमा परेका नेपालीहरूलाई उद्धार र सहयोग गर्दै आएको छ।

nepalijanatakhabar

समबन्धित समाचार