जोहोरबारु, मलेसिया । ओखलढुंगा युवा क्लबको आयोजनामा सेप्टेम्बर १४ र १५ तारिखमा पेकेनानसमा सम्पन्न दुई दिने खुला भलिबल प्रतियोगितामा गोर्खाली भलिबल टिम प्रथम बन्न सफल भएको छ। प्रतियोगिता १५ सेप्टेम्बरमा भव्यतापूर्वक सम्पन्न भएको हो।
नतिजा
प्रथम स्थान : गोर्खाली भलिबल टिम

द्वितीय स्थान : ओखलढुंगा युवा क्लब

तृतीय स्थान : कुलुवाङ भलिबल टिम

विजेता गोर्खाली भलिबल टिमले उपाधिसहित नगद आरएम ३,५००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय हुने ओखलढुंगा युवा क्लबले नगद आरएम २,५००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने तृतीय हुने कुलुवाङ भलिबल टिमले नगद आरएम १,५००, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
उत्कृष्ट खेलाडी पुरस्कार
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिएको छ :
उत्कृष्ट सेटर : गोपाल थापा मगर (ओखलढुंगा युवा क्लब-ए)
उत्कृष्ट लिबोरो : लक्ष्मण थापा मगर (ओखलढुंगा युवा क्लब-ए)
उत्कृष्ट स्पाइकर : राजेन्द्र बम (कुलुवाङ भलिबल टिम)
उत्कृष्ट ब्लकर : रवि थापा मगर (गोर्खाली भलिबल टिम)
उत्कृष्ट खेलाडी : आलाप श्रेष्ठ (गोर्खाली भलिबल टिम)
आयोजकको जानाकारी अनूसार ओखलढुंगा युवा क्लबका अनुसार प्रतियोगिताले मनोरञ्जनसँगै आपसी सद्भाव, सहयोग, अनुशासन र खेलमैत्री भावना अभिवृद्धि गर्ने मात्र नभई मलेसियामा रहेका नेपाली समुदायबीच एकता र सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
आयोजक क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलप्रेमी, प्रायोजक, अतिथि र उपस्थित दर्शकहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर साथ–सहयोगको अपेक्षा गरिएको समेत बताएको छ।




प्रतिक्रया दिनुहोस्