तमु प्ये ल्हु संघ शाखा कतारको ५औं अधिवेशन सम्पन्न नेतृत्वमा राम ल्हेगे तमु सर्वसम्मत….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- तमु प्ये ल्हु संघ शाखा कतारको ५औं अधिवेशन शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सव्य र भव्य रुपमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष चन्द्र ल्हेगे तमुको सभापतित्व, नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता एवं तमु खेगी चिबा हरु (गुरु) नवीन टु क्ल्हेप्री तमु र कृष्ण ल्हेगें तमु तथा संरक्षक सदस्य ज्येष्ठ नागरिक अमर ल्हेगें तमु, संरक्षक सदस्यहरु आश बहादुर योज्मे तमु, रबिन्द्र प्ल्हे तमु, शिबराज क्रोम्छे त्यसै गरि प्रमुख सल्लाहकार केशु ल्हेगें तमुको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशन बाट नयाँ कार्यकालको लागि राम ल्हेगे तमुको नेतृत्वमा २६ सदस्यीय कार्यसमिति चयन भएको छ ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको कार्यक्रमको बन्द सत्रले अध्यक्षमा राम ल्हेगे तमु सहित बरिस्ठ उपाध्यक्षमा देव चोर्मी तमु, उपाध्यक्षमा प्रितम ल्हेगे तमु, टेक खक्यु तमु र हुमादेवी लम तमुस्यो सचिवमा फलेन्द्र थिम्जे तमु, सह-सचिवमा डम्मरजङ्ग लम तमु, प्रचारप्रसार सचिवमा जय क्रोम्छे तमु, कोषाध्यक्षमा कृष्ण ल्हेगे तमु, सह-कोषाध्यक्षमा राजु ल्हेगे तमु, ओपि अक्षयकोष संयोजकमा पवन प्हच्यु तमु र ओपि अक्षय कोषध्यक्षमा अन्जन सर्वुजा तमु सर्वसम्मत चयन भएका छन ।

त्यस्तै साँस्कृतिक संयोजकमा बिकास तमु, साँस्कृतिक सह-संयोजक छवि लेम तमु, महिला संयोजकमा बिमाया क्याप्चे तमुस्यो र सदस्यहरुमा, दिपा लेम तमुस्यो, सीता क्याप्चे तमुस्यो, नन्दमायाँ प्ल्होप्ल्हो तमुस्यो, कृपा तमुस्यो, सुरेन्द्र ल्हेगे तमु, असिम ल्हेगे तमु, पम्फा भुज्जा तमुस्यो, धनु त्हार तमुस्यो, बिष्णु ल्हेगे तमु, रविन्द्र प्हच्यु तमु र कान्छा लेम तमु चयन भएका छन भने बाँकी रहेको एक जना सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने बताइएको छ ।

दिउँसो करिब १२:३० बजे विधिवत रुपमा व्यानर अनावरण सङ्गै दिप प्रज्वलन गरि गत भाद्र २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनमा परि ज्यान गुमाएका शहिदहरुको सम्मान स्वरुप एक मिनेट मौन धारण गरे पश्चात् नेपाली र तमु राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, तमु गुरुहरुलाई तमु विधि अनुसार व्याज र क्रेगी (फेटा) लगाएर आशनग्रहण गराइएको थियो भने कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष सिबि थिम्जे तमुले स्वागत मन्तब्य राखे सङ्गै कलाकारहरु जय तमु, विकाश तमु, अन्जान तमु, दुर्गा तमुस्यो, वर्षा तामाङ र रजिना तामाङले उपस्थित अतिथि लगायत सम्पुर्णलाई स्वागत गर्दै स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संघका सचिव फलेन्द्र थिम्जे तमुले र साँस्कृतिक तर्फ सल्लाहकार धिरजङ प्ल्हे तमुले मिलेर सहजीकरण गरेका कार्यक्रममा संघको स्थापन देखि वर्तमान हाल सम्मको संक्षिप्त जानकारी सहितको बार्षिक प्रतिबेदन संघका संरक्षक रबिन्द्र प्ल्हे तमुले प्रस्तुत गरेको थियो ।

कतारमा रहेका दुबै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बाट प्रतिनिधित्व भएको कार्यक्रममा पदम गिरी तर्फबाट युबा संयोजक र कृष्ण पन्थी तर्फबाट महिला उपाध्यक्ष टौमाया गुरुङ  सहित बैचारिक संस्थाका आस्थावान प्रतिनिधि र विभिन्न जिल्ला तथा जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिस्ट सामाजिक व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी, कलाकार सहित पत्रकारहरुको बाक्लो उपस्थित रहेको खुल्ला सत्र कार्यक्रममा बोल्ने वक्ताहरुले संघले सक्रिय रुपमा गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए भने नयाँ बन्ने कार्यसमिति लाई कार्यकाल सफलताको शुभकामना पनि दिएका थिए ।

साङ्गीतिक प्रस्तुत र शुभकामना मन्तव्यको तालमेल मिलाएर संचालन गरिएको खुल्ला सत्र कार्यक्रम अवधिभर संघमा आबद्ध कलाकारहरुले विशेष खालका साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै हलमा उपस्थित सम्पुर्णलाई मनोरञ्जन प्रदान गरेका थिए भने प्रमुख अतिथ, नेपाली जनता खबरका कतार सम्बाददाता पत्रकार प्रकाश दर्नाल, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी दाता, कलाकार र केही विशेष व्यक्तिलाई क्रेगी (फेटा) लगायर सम्मान प्रत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले तमु प्ये ल्हु संघ शाखा कतारले महासंघको अध्यक्षको हैसियतले आफुलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा खुशी व्यक्त गरे । उनले थप संघले महासंघ सङ्गको सहकार्यमा गरेको र सामाजिक रुपमा गरेका उदाहरणीय कार्यहरुको स्मरण गर्दै कतारमा रहेका जातीय संस्थाहरु केही कमजोरी र असमझदारीका कारण अलग भएको र त्यसलाई मिलाएर एक बनाउन आफुले पहल गरिरहेको बताए भने नयाँ बन्ने कार्यसमितिले एकताको लागि सहयोग गर्छ भन्नेमा ढुक्क रहेको बताए ।

कार्यक्रमको अन्त्यमा सभापति चन्द्र ल्हेगे तमुले आफ्नो कार्यकाल भरी सहयोग गर्ने कार्यसमिति टिम, सहयोगी दाता, मिडियाकर्मी र पाँचौ अधिवेशन सफल पार्नको लागि आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थल सम्म आइदिने अतिथि लगायत सम्पुर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै खुल्ला सत्र कार्यक्रम समापन गरि बन्द सत्र कार्यक्रम सुरु भएको घोषणा गरेका थिए भने बन्द सत्रबाट निर्वाचित नयाँ कार्यसमिति लाई निर्वाचन समितिका संयोजक तथा संघका संरक्षक आश बहादुर गुरुङले पद तथा गोपयनिताको सपथ ग्रहण गराएका थिए ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार