दोहा,कतार- संखुवासभा समाज कतारद्वारा दशैंको शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
नेपालीहरूको महान पर्व बडा दशैं २०८२ (२०२५) को अवसरमा विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परा लाई जगेर्ना गर्ने उद्देश्यका साथ संखुवासभा समाज कतारले टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाको स्थापनाकाल २०१६ देखि नै सामाजिक कार्यहरूमा सक्रिय रहेको संखुवासभा समाजले २ अक्टोबर २०२५ को दिन दशैंको टिकाकै दिन पारेर साँझ ७:०० बजे देखी संस्थाका संरक्षक पर्शुराम दाहाल र सल्लाहकार पुनम दाहालको प्लाजामलमा रहेको लालीगुरास रेस्टुरेन्टको सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको थियो । संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले दशैंको माहोललाई प्रवासमा रहेका नेपालीहरू बीच जीवन्त बनाएको छ ।
समाजका अध्यक्ष बिरेन मादेन लिम्बूको सभापतित्व कोशी प्रदेश समन्वय परिषद, कतारका अध्यक्ष पदम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विधिवत रुपमा दीप प्रज्वलन, ब्यानर अनावरण, नेपाली राष्ट्रिय गान बहाएर सुरु भएको थियो भने कार्यक्रमको उद्घाटनमा संखुवासभा समाज कतारको संरक्षण रहने गरि स्थापना भएको पञ्चेबाजाका कलाकारहरु जीवन महते, गोविन्द महते, फूल कुमार लावर, सञ्जीव तामाङ, रोसन पत्रकोटी र सन्तोष महतेले पञ्चेबाजामा आकर्षक साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए जसले कार्यक्रमलाई थप मौलिक र सांस्कृतिक रङ्ग भरेको थियो ।
उक्त कार्यक्रममा संस्थाका उपमहासचिब सञ्जय केसीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए भने संस्थाका महासचिब शिब कुमार खत्रीले कार्यक्रमको सहजिकरण गरेका थिए । टिका ग्रहण कार्यक्रममा संखुवासभा समाज, कतार संरक्षकहरू पर्शुराम दाहाल, तेज मोक्तान तामाङ, जोहेब लामा बिशेष सल्लाहकार निरन नेपाल, सल्लाहकारहरू पूनम दाहाल, भुपाल अधिकारी, पेम्बा शेर्पा, बिनोद गोदार थापा लगायतका सल्लाहकारहरू लगायत कोशी प्रदेश समन्वय परिषद कतार अन्तर्गतका लगभग १४ जिल्ला संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, मातृ संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकार, कलाकार तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
शुभकामना मन्तव्यको क्रममा बोलेका वक्ताहरूले बिजया दशमी २०८२ को अवसरमा संखुवासभा समाज कतारले प्रवासमा रहेको जिल्ला संस्था लगायत बिभिन्न अन्य संघ संस्थाहरू लाई निमन्त्रणा गरि दशैंको शुभकामना आदानप्रदान सहित प्रवासमा रहेर नेपाली संस्कृतिलाई जोगाउनको निमित्त गरेको प्रयासको उच्च प्रशंसा गरेका थिए ।
शुभकामना आदानप्रदानको क्रम सकिए पछि कार्यक्रमको औपचारिकतालाई सभापति बिरेन मादेन लिम्बूले कार्यक्रमले प्रवासमा रहेका सबैलाई एकै थलोमा ल्याउने अवसरको मुख्य कारण हाम्रो महान पर्व बडादशैं र दशैं केवल धार्मिक पर्व मात्र नभइ यो हाम्रो संस्कृति, परम्परा र आपसी एकताको प्रतीक पनि भएको बताए । लिम्बुले थप बोल्दै यो पर्वले हामीलाई सत्यको विजय, असत्यको पराजय र असल कर्मले मात्र विजय प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिने भएकोले संखुवासभालीहरूलाई मात्र नभई कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एक-आपसमा जोड्ने सद्भाव बढाउने र नेपाली संस्कृति तथा परम्परालाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुर्याएको छ भन्दै संखुवासभा समाज, कतारले दशैंको अवसरमा सम्पन्न गरेको टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम अत्यन्तै सफल र स्मरणीय रह्यो भन्दै उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
त्यसपश्चात कार्यक्रमको मुख्य आकर्षणको रूपमा सुरु भएको टिका ग्रहण कार्यक्रममा उपस्थित संखुवासभा समाजका संरक्षकहरू र कोशी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष पदम कुमार घिमिरेबाट संस्थाका पदाधिकारीहरू, केन्द्रिय सदस्य, जिल्ला संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधि, मातृ संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवीहरूले दशैको टिका जमरा लगाएर एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए भने प्रवासको व्यस्तताको बावजुद पनि समय निकालेर एकै थलोमा भेला भएका नेपालीहरूले टिका लगाएर आशीष लिनेदिने र खुसी साटासाट गर्दै गर्दा साच्चिकै दशैंको मौलिकपन एक खालको रौनक सिर्जना भएको थियो ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्