मलेसिया: शुभ दीपावलीको अवसर पारेर आयोजना गर्न लागिएको यस प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरू पनि हुने भएकाले सबै खेलाडी, खेलप्रेमी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी र संस्कृति प्रेमीलाई कार्यक्रममा निःशुल्क प्रवेशसहित सहभागी हुन नमस्ते भलिबल क्लबले अनुरोध गरेको छ।
प्रतियोगिताको पुरस्कार राशिअनुसार
प्रथम हुने टिमले मलेसियन रिङ्गिट ६,००० सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
द्वितीय हुने टिमले मलेसियन रिङ्गिट ३,५०० सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ।
तृतीय हुने टिमले मलेसियन रिङ्गिट २,००० सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
दर्ता शुल्क मलेसियन रिङ्गिट ८५१ तोकिएको छ। सहभागी टिमहरूले अक्टोबर १२ तारिखसम्म दर्ता प्रक्रिया सम्पन्न गर्नुपर्ने आयोजक समितिले जनाएको छ।
खेल स्थल Westlite Dormitory Senai, 6214 Jalan Perindustrian 1, Senai, 81400 Kulaijaya, Johor, Malaysia मा तय गरिएको छ।
प्रतिक्रया दिनुहोस्