नेपाल आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति, जोहोर (मलेसिया) द्वारा दोस्रो भौतिक बैठक सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

आदिवासी जनजातिको अधिकार, समानता र पहिचान हाम्रो अभियान भन्ने मूलनाराका साथ नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति, जोहोर (मलेसिया) द्वारा आयोजना गरिएको “दोस्रो भौतिक बैठक तथा बृहत् प्रशिक्षण कार्यक्रम” २०२५ अक्टोबर १९ तारिखका दिन भव्य र सभ्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोरका अध्यक्ष श्री सन्तोष ठान्टीज्यूले गर्नुभयो।

 

कार्यक्रममा प्रमुख अतिथि रूपमा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका पूर्व अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार श्री विपिन राईज्यू रहनुभएको थियो।

विशिष्ट अतिथि : नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका अध्यक्ष श्री पदमराज लिम्बुज्यू

 

विशेष अतिथिहरू :

नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्रीय समिति जोहोरका सल्लाहकार तथा नेपाल तामाङ घेदुङ जोहोरका अध्यक्ष श्री मंगोल तामाङज्यू नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका उपाध्यक्ष श्री विक्रम तामाङज्यू नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका महासचिव श्री संजीव तामाङज्यू नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाकी महिला उपाध्यक्ष श्रीमती देवीका (बिनु) राईज्यू नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका केन्द्रीय सदस्य श्री सागर लिम्बुज्यू

 

उहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ गौरवपूर्ण र अर्थपूर्ण बनाएको थियो।

त्यसैगरी, विभिन्न जातीय सङ्घ–संस्थाबाट प्रतिनिधित्व गर्दै आउनुभएका आदरणीय अतिथि महानुभावहरू र मिडियाकर्मीहरूको उपस्थितिले पनि कार्यक्रमको शोभा र प्रभावमा थप वृद्धि गरेको थियो।

 

कार्यक्रममा विशेष प्रशिक्षण सत्र नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका पूर्व अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार श्री विपिन राईज्यूले सञ्चालन गर्नुभयो। उहाँले सहभागीहरूलाई संगठनात्मक सीप, एकता र सहकार्यको सन्देश दिनुभयो।

कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसिया, जोहोर बारुका सचिव श्री सन्जु राईज्यूले गर्नुभएको थियो।

nepalijanatakhabar

समबन्धित समाचार