एनआरएनए क्षेत्रीय समिति मलेसिया–जोहोरद्वारा देउसी भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न, उल्लेखनीय रकम संकलन

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: शुभ दीपावली २०८२ को पावन अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत मलेसिया जोहोर क्षेत्रीय समितिद्वारा आयोजित देउसी भैलो कार्यक्रम उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको सञ्चालन कार्यबाहक सचिव विनय हमालले गर्नुभएको थियो भने कोषाध्यक्ष तिलक श्रेष्ठको समेत उपस्थिति रहेको थियो। कार्यक्रम व्यवस्थापन समितिको नेतृत्व अध्यक्ष बेदना श्रेष्ठले गर्नुभएको हो।

उक्त कार्यक्रममा एनआरएनए संरक्षक तथा व्यवसायी मिम गुरुङ, महिला अभियन्ता र व्यवसायी सपना गुरुङ, एनआरएनए क्षेत्रीय समिति सरक्षक तथा NCC सदस्य हरि बस्नेत, NCC मलेसियाका उपाध्यक्ष तथा क्षेत्रीय समितिका सल्लाहकार नारायण अधिकारी, नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव दीना मोक्तान, लोक गायक रमेश शेसी लगायत स्थानीय कलाकारहरू, पत्रकार भीम लुहार, शुमन विश्वकर्मा, प्रज्वल थामी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

देउसी भैलो कार्यक्रम रमाइलो माहोलमा सम्पन्न हुँदै करिब मलेसियन रिङ्गिट २७६३ सयभन्दा बढी रकम संकलन भएको कोषाध्यक्ष तिलक श्रेष्ठले नेपाली जनता खबर डटकमलाई जानकारी दिनुभयो। उक्त संकलित रकम मलेसियामा समस्यामा परेका नेपाली श्रमिकहरूको सहयोगका लागि प्रयोग गरिने आयोजक समितिले जनाएको छ।

 

nepalijanatakhabar

समबन्धित समाचार