एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण

वायु प्रधुशन
nepalijanatakhaba

प्रिन्स मिश्र, कपिलवस्तु: महाराजगञ्ज नगरपालिकाको एक विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ।

 

महाराजगञ्ज–६ स्थित शिव प्रताप माध्यमिक विद्यालय, भलवारीमा विद्यालय व्यवस्थापन समितिले विगत ८ वर्षदेखि उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण गर्दै आएको छ। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शैलेश प्रताप शाहले आफ्नो व्यक्तिगत खर्चमा यो परम्परा निरन्तरता दिँदै आएका हुन्।

 

यस वर्षको एसईई परीक्षामा ३.३० जिपिए प्राप्त गर्ने मनीषा बनियालाई अध्यक्ष शाहले एक कार्यक्रमबीच ल्यापटप र सम्मानपत्र प्रदान गरेका छन्। विद्यालयका विद्यार्थीमध्ये छात्रातर्फ ‘B+’ र छात्रतर्फ ‘A’ ग्रेड ल्याउनेलाई ल्यापटप प्रदान गरिँदै आएको अध्यक्ष शाहले बताए।

 

उनका अनुसार, उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनका रूपमा ल्यापटप वितरण गर्दा विद्यार्थीको मनोबल वृद्धि हुने र अन्य विद्यार्थीहरूलाई पनि उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।

 

कार्यक्रममा समाजसेवी निर्भय सिंह, वडा अध्यक्ष रामसिंह कुर्मी, विद्यालयका शिक्षक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

nepalijanatakhabar

समबन्धित समाचार