काठमाडौं — राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुनेछन्। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच बिहान ११:४५ बजे सुरु हुनेछ। दोस्रो खेल भने जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच अपराह्न ४:०० बजे हुने तालिका छ।
रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य राखेको छ। तीन खेलमध्ये एउटा मात्र जितेको लुम्बिनी हाल अंक तालिकाको छैटौँ स्थानमा छ।
उता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम रोयल्स शानदार लयमा छ। लगातार तीन जित सहित ६ अंक बटुलेको यो टोली शीर्ष स्थानमा छ र आज चौथो जितको खोजीमा मैदान उत्रिँदैछ।
आजको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स (अनिल शाहको नेतृत्व) र पोखरा एभेन्जर्स (कुशल भुर्तेलको कप्तानी) भिड्नेछन्। दुवै टोली यसअघि खेलिएको खेलमा पराजित भएकाले आज जितको दबाब बराबर रहनेछ।




प्रतिक्रया दिनुहोस्