दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले २३औं स्थापना दिवस मनाएको छ ।
संघले शुक्रबार बिहान नासिम मेडिकल सेन्टर सँगको सहकार्यमा सी रिङ्ग रोड नज्माबाट कतारमा रहेका ३ सय ८६ जना नेपाली श्रमिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रम तालिकामा उल्लेख भए अनुसार नै अस्पतालका विशेषज्ञ चिकित्सकहरू द्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआई (BMI) परीक्षण र दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणको साथै सामान्य चिकित्सकीय परामर्श प्रदान गरिएको थियो ।

एनसिसी कतारले नासिमसङ्ग एनसिसीको सदस्यता लिएका सङ्गै कतारमा रहेका आम नेपालीले नासिमबाट प्रदान गरिने सेवा सुविधामा कम्तीमा २५ र बढीमा ५० प्रतिशत सम्म छुट पाउने गरि यसै वर्ष दुई पक्षिय सम्झौता गरेको छ । बिहान ७ बजे स्थापना दिवसको केक काटेर सुरुवात सुरु भएको कार्यक्रम ११ बजेसम्म चलेको थियो भने कार्यक्रममा संघका कार्यसमिति टिम सहित एनआरएनएका अभियन्ता, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्त्व, मिडया कर्मी सङ्गै पत्रकारहरु पनि नसिम पुगेका थिए ।
स्वास्थ्य परिक्षणको लागी श्रमिकहरुको बाक्लो उपस्थिति भएको कारण सबैको स्वास्थ्य परीक्षण गर्न समस्या हुने देखिए पछि कुपन वितरण गरी भिडलाई व्यवस्थापन गरिएको थियो भने यही वर्षको अन्त्य सम्ममा नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने गरी १ सय ८५ जनालाई कुपन वितरण गरिएको संघका अध्यक्ष कृष्ण पन्थीले बताउनु भएको छ ।साथै कार्यक्रम बाटै रेडक्रस मार्फत नेपाली समुदायलाई प्राप्त उपहार पनि वितरण गरिएको थियो ।





प्रतिक्रया दिनुहोस्